सनराइज बैंकको शाखा बाग्लुङको बैजनाथमा



काठमाडौं । सन्राइज बैंकले बाग्लुङ्गमा १३९ औं शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ् नगरपालिका-२ मा शाखा खोलेको हो ।

बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका-७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यकारी वडा अध्यक्ष गोपाल थारुले गरेका छन् ।

बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधिमा नरेन्द« कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको छ । उक्त सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको संचालनसँगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ, एक्सटेन्सन काउण्टर र ए.टि.एमहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।


क्लिकमान्डु