एभरेष्ट इन्स्योरेन्सको नाफा ५१ % ले बढेर ३ करोड ५ लाख
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट इन्स्योरेन्सले ३ करोड ५ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।
जुुन गत आवको सोही अवधिको तुलनामा ५१.०८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले २ करोड २ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन १२ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ११ करोड ९२ लाख ९० रुपैयाँ रहेको थियो । १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड ९८ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको बीमा कोषमा ३४ करोड २० लाख १४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ १५ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ६५ पैसा छ ।