कोरोना संक्रमितको उपचार खर्च सरकारले नबेहोर्ने, आफैले गर्नुपर्ने



काठमाडौं । सरकारले अब कोरोना संक्रमितको उपचार नगर्ने भएको छ ।

हालसम्म कोरोना संक्रमितहरुको उपचार बेहोर्दै आएको सरकारले अब उप्रान्त खर्च नगर्ने भएको हो । जसका कारण अब व्यक्तिहरुले आफ्नै खर्चमा कोरोना संक्रमणको उपचार गर्नुपर्ने छ ।

गत असोज १९ गतेको मन्त्रिपरिषदको निर्णय भएको सुनाउँदै स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

तर आर्थिक रुपमा विपन्न, असक्त तथा असाहय अवस्थामा रहेका नागरिक, असाहय एकल महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइकर्मीहरु, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरतहरुमा लक्षण देखिएमा परीक्षण र उपचार खर्च निशुल्क गरिनेछ । तर उल्लेखित व्यक्तिहरुले कोरोना बीमा गरेको भए बीमाबाट प्राप्त हुने रकमबाट कट्टा गरिने उनले बताए ।

अन्य सबै प्रकारका व्यक्तिहरुले आफ्नै खर्चमा हुनेछ । यो निर्णय कात्तिक २ गतेबाट भर्ना तथा परीक्षण हुनेहरुमा लागू हुनेछ ।

त्यसैगरी अस्पतालमा भर्ना भएका संक्रमितहरुको हकमा अब ३ दिनसम्म लक्षण नदेखिएमा १० दिनमै डिस्चार्ज गरिनेछ । यसअघि यो अवधि १४ दिन थियो । यसरी डिस्चार्ज हुने संक्रमितहरुले होम आइसोलेसनमा कम्तीमा ७ दिन बस्नुपर्नेछ ।


क्लिकमान्डु