कोरोना भाइरसको संक्रमण रोक्न पैसा डिसइन्फेक्सन गर्ने मेसिन आयो
काठमाडौं । पैसाबाट पनि कोरोना भाइरस सर्छ भन्नेमा जनस्वास्थ्यविज्ञले ध्यानकर्षण गराउँदै आएका बेला नेपाली बजारमा नोटलाई डिसइन्फेक्सन गर्ने मेशिन भित्रिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ ।
बुधबार सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दाबी छ ।
खेम्स क्लिनिङ र ¥यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी समग्री पनि डिसइन्फेक्सन गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीका निर्देशक मनिस थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेत चस्मा, घडी र अन्य कपडाहरु समेत डिसइन्फेक्सन गर्न सकिने बताए ।
कूल ३० सेकेण्डदेखि ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिने उनले बताए ।
मेसिनको न्यूरोडमा रहेको कुमारी बैंकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक भएको हो । कोरोना भाइरसले अहिले विश्व नै आक्रान्त बनिरहेका बेला पैसालगायत हामीले दैनिक प्रयोग गर्ने सामानहरु डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ ।