निषेधाज्ञाका कारण रोकिएको बीओकेको संस्थापक सेयर लिलामी पुनः खुल्यो
काठमाडौं । बैंक अफ काठमाण्डूले पुनः संस्थापक सेयर लिलामीबाट बिक्री गर्ने भएको छ ।
सरकारले लागु गरेको निषेधाज्ञाका कारण ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी प्रकृया स्थगन गरेको छ ।
पुन भदौ ३० गतेदेखि असोज ४ गतेसम्मको लागि खुला भएको छ । आवेदन दिन चाहनेले असोज ४ गते दिउँसो २ बजेससम्म गोप्य शिलबन्दी बोलपत्र बुझाउनु पर्ने छ ।
असोज ५ गते बिहान साढे १० बजे बोलपत्र खोलिने भएको छ । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनी तथा अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन पाउने छन् ।
न्यूनतम १४० रुपैयाँमा न्यूनतम १ हजारदेखि अधिकतम ३ लाख १६ हजार १५६ कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।