कोरोना कहरः शैक्षिक क्रियाकलापका लागि लोकप्रिय बन्दै भाइबर




काठमाडौं । सहज एवं निःशुल्क सञ्चारको लागि विश्वको एक अग्रणी एप राकुटेन भाइवरले आफ्नो विश्वव्यापी मत सर्वेक्षणको परिणाम सार्वजनिक गरेको छ ।

उक्त सर्वेक्षण अनुसार ७५ प्रतिशत सहभागीले नयाँ शैक्षिक सत्र व्यक्तिगत दूरी कायम राखी विद्यालय सञ्चालन गर्नुपर्ने बताएका छन् ।

सर्वेक्षणमा करिब १ लाख ८५ हजार मानिस सहभागी थिए । विश्वभरका २४ राष्ट्रमा गरिएको मत सर्वेक्षणमा देखाए अनुसार सहभागीले अत्यधिक मात्रामा सञ्चार सहजीकरण गर्न प्रमुख इ–लर्निङ उत्पादन सँगसँगै यो प्लेटफर्म उपयोग गरिरहेको जनाएको छ ।

उक्त सर्वेक्षण अनुसार ७० प्रतिशतभन्दा बढी प्रयोगकर्ताले आगामी वर्षहरूमा विद्यालय अवधिभर अभिभावक, शिक्षक र विद्यार्थी तीनवटै समूहलाई एक आपसमा जोडिराख्न उनीहरूले भाइवर प्रयोग गर्न सक्ने बताएका छन् ।

कोभिड–१९ महामारीले उग्ररुप लिएको महिनौं भैसकेको छ । तर, विश्वभर अझै विद्यालय कसरी शैक्षिक सत्र अगाडी बढाउने भनेर अलमलमा परेका छन् ।

भाइवरको मत सर्भेक्षण अनुसार ७५ प्रतिशत सहभागीले नयाँ शैक्षिक सत्र सामाजिक वा व्यक्तिगत दरी कायम राखी शुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यसमा सरदर २२ प्रतिशत सहभागीले शैक्षिक उद्देश्यका लागि भाइवरको प्रयोग एक प्राथमिक उपकरणको रुपमा मोबाइल/ट्याबलेट र डेस्कटप दुवैमा गर्ने गरेको बताएका छन् ।

भाइवरको प्रयोगकर्ता फिलिपिन्स, म्यानमार, हंगेरी र युक्रेनमा क्रमशः झण्डै ५६, ६२,२७, २३ प्रतिशतको हाराहारीमा रहेको सर्वेक्षणले देखाएको छ ।

प्रयोगकर्ताहरूले शैक्षिक उद्देश्यका लागि भाइवरको दुवै संस्करण प्रयोग गर्ने गरेको पनि बताएका छन् ।

त्यस्तै पश्चिमेली युरोपेली देशहरु बेलायत, फ्रान्स र जर्मनीका साथसाथै एशिया प्यासिफिक क्षेत्र, मध्यपूर्व र उत्तर अफ्रिकाका देशहरु लगायत अन्य देशहरुमा पनि सर्वेक्षण गरिएको थियो ।

नेपालमा भाइवरले गरेको सर्वेक्षणले देखाएअनुसार ७०.९ प्रतिशतले नयाँ शैक्षिक शत्र भाइवर एप वा ट्याब्लेट उपकरणमा प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

सर्भेक्षणमा संलग्न अधिकांश सहभागीले आउँदो विद्यालय सत्रमा विद्यार्थी र शिक्षक शिक्षिकासँग मात्र नभई अभिभावकसँग पनि सञ्चार आदानप्रदान गर्न भाइवर नै प्रयोग गर्ने बताएका छन् ।

‘एक वर्ष अघिसम्म दूरशिक्षाको अवधारणाले पूर्णरुप लिन अर्को १० वर्ष वा त्योभन्दा बढी समय लाग्न सक्ने देखिएको थियो । यसैबीच महामारी फैलियो । म एक अभिभावक पनि भएकोले मेरो बच्चाहरुसँग कुराकानी गर्न म सधैं भाइवर नै प्रयोग गर्छु । बितेको केही महिनाभरी हामीले धेरै अभिभावक, विद्यार्थी र शिक्षक शिक्षिकाले शैक्षिक उद्देश्यका लागि अनलाइन वा भौतिक रुपमा एक आपसमा कुराकानी गर्न भाइवर प्रयोग गरेको देखेका छौं’ राकुटेन भाइवरका सिइओ जमेंल अगाउवाले भने ।

भाइबरले यो वर्षको शुरुतिर आन्तरिक रुपमा संचालन गरेको अनुसन्धान बमोजिम गत शैक्षिक सत्रको अन्त्यतिर मध्य र पूर्वीय युरोपका आठ राष्ट्रका ६५ प्रतिशत शिक्षकले भाइवरलाई कक्षाका माझ सञ्चार आदानप्रदानमा साथ दिने एक उपकरणको रुपमा प्रयोग गरेको बताएका छन् ।

के हो राकुटेन भाइवर ?
राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुनविश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवामा अग्रणी रहेको छ । भाइवर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल म्यासेजिङ र कलिङ एप पनि हो ।

यस्ता छन् विशेषता 

राकुटेन भाइवरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ ।

हाम्रो विश्वव्यापी प्रयोगकर्ताले वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्न सक्ने विशेषताहरू छन् ।

यस्का साथै प्रयोगकर्ताहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरण बीच साटासाट गर्न सक्नेछन् ।

साथै भाइवरको बहुल गुणयुक्त प्लेटफर्ममा भिडियो च्याटदेखि ग्रुप च्याट र सर्वेक्षणसम्मका सेवाहरु उपलब्ध छन् ।
भाइवरमा टप–नच इन्क्रिप्सनद्वारा सुरक्षा प्रदान गरिएको छ । जसले गर्दा यो अनलाइन वा अफलाइन दुवै शैक्षिक प्रक्रियालाई साथ दिने एक शक्तिशाली पूरक उपकरण बनेको कम्पनीको दाबी छ ।


पुष्प दुलाल