सडकको बारेमा जानकारी दिने एप सार्वजनिक, बाढी पहिरो र खाल्डो समेत पत्ता लाग्ने
काठमाडौं । तपाई कुनै यात्रामा जाँदै हुनुहुन्छ ? यात्राको क्रममा राजमार्गमा कुन बेला जाम पर्न सक्छ वा बाढी पहिरोले बाटो रोकेको छ वा पानी भरिएको छ ? त्यो थाहा नहुन सक्छ ।
सोही समस्यालाई समाधान गर्ने ध्येयका साथ एप निर्माताले नयाँ यस्तो एप तयार पारेका छन् । जुन एपले यात्राको क्रममा आउन सक्ने विभिन्न खालका जोखिमका बारेमा तपाईलाई सहज रुपमा जानकारी दिनेछ ।
त्यो पनि तपाईको मोबाइलमा नै जानकारी प्राप्त हुनेछ ।
नेभिगेशन एपले सडकमा पानी भरिएको भएपनि जानकारी दिनेछ । इन्टेट्स मोबी प्राइभेट लिमिटेडले इन्टेट्स गो नामक एप बनाएको छ ।
एपका बीटा भर्सन एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ । भारतको टेक कम्पनी इन्टेट्स मोबी प्राइभेट लिमिटेडले यस्ता यस्ता नेभिकेशन एप तयार पारेको छ ।
जसले तपाईको यात्राको बारेमा केही जानकारी दिनेछ । एपले सडकमा रहेको खाल्डो, पानी भरिएको, ट्राफिक जाम , ब्रेकर र स्पीड क्यामेरालगायतका बारेमा समेत अलर्ट गर्नेछ ।
उक्त एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ । अहिले यो एप बेटा प्रयोगकर्ताका लागि मात्रै उपलब्ध हुनेछ ।
कम्पनीको दावी यो छ कि एपले दैनिक जसो नै ९ हजार खाल्डो तथा स्पीड ब्रेकरकोे जानकारी दिनेछ । इन्टेटस मोबी प्राइभेट लिमिटेडले इन्टेट्स गो को केही वर्ष पहिलेदेखि नै काम गर्न शुर गरेको थियो ।
उक्त प्रडक्टको गुडागाव तथा कोयम्बटूरको समूहले काम गरेको हो । जबकी अहिलेसम्म यस बेटा प्रयोगकर्ताका लागि तयार पारेको छ । यस बेटा प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्छन् । तथ्यांक उपलब्ध गराउने निकायबाट प्राप्त हुने तथ्यांकका आधारमा एप लगातार अपडेट हुनेछ ।
कम्पनीका अनुसार सडकको अवस्था तथा दुर्घटनाका बारेमा प्राप्त हुने तथ्यांक रियल टाइममा नै अपडेट गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि २ लाख बढी त्यस्ता संयन्त्रहरुको परिचालन गरिएको छ । जसका कारण कुनै पनि अवस्थाको बारेमा जानकारी दिन र प्राप्त गर्न कुनै समस्या नहोस् ।
यस्तै जसले एप डाउनलोड गर्छ, उसलाई समेत आफूले देखेको र वा प्राप्त हुने सूचना वा जानकारी अपलोड गर्न सक्ने व्यवस्था मिलाइएको छ । एप डाउनलोड गर्ने बित्तिकै त्यसले पनि आफै स्टकाउट बन्न सक्छ । कम्पनीका अनुसार त्यस्ता
सूचनादाता ट्याक्सी डाइभर तथा ट्रक तथा सामान आर्पूतिकर्ता तथा अन्य जो सडकमा रहन्छन् उनीहरु त्यसको सदस्य बन्न सक्छन् ।
इन्टेटस गो ले कूल २० लाख किलोमिटरका दूरी तय गरेको दावी गरेको छ । अब स्टाउट्स वा तथ्यांक संकलनकर्ता २ लाख बढी पुगेका छन् । कम्पनीले दावी गरेको छ कि उसको नक्शा हरेक दिन १ लाख ५० हजार किलोमिटर बढ्दै गएको छ ।
इन्टेटस् गो ले यस्तो बताएको छ कि उसको १ लाख ८५ हजार बढी खाल्डो तथा स्पीड ब्रेकरको बारेमा जानकारी प्राप्त गरेको छ ।
उसले कूल ९ हजार त्यस्ता खाल्डा तथा अन्य स्पीड ब्रेकरको बारेमा समेत जानकारी लिन सक्छ । यस्तै ४ हजार ५०० खाल्डोको समेत मर्मत भइसकेको छ ।
उक्त एप गुगल प्ले स्टोरमा यही ३ सेक्टेम्बरदेखि नै सार्वजनिक गरेको छ । यसको साइज ९१ एमबी छ ।
हालसम्म ५०० बढी प्रयोगकर्ताले उक्त एप डाउनलोड गरेको छ । त्यसका लागि ५.० वा त्यो भन्दा माथिल्लो अपरेटिङ स्टिम आवश्यक पर्दछ ।