नछोइकनै एटिएमबाट पैसा निकाल्ने उपायको खोजी हुँदै




काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जिव सुब्बाले नछोइकन एटिएमबाट कसरी पैसा निकाल्न सकिन्छ भनेर अध्ययन सुरु भएको बताएका छन् ।

आगामी दिनमा एटिएम मेसिनमा नछोइकिन पैसा निकाल्नको लागि आवश्यक अध्ययन सुरु भएको बताएका हुन ।

आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको बैकिङ र सुचना प्रविधि’ विषयक अन्तकृया कार्यक्रममा उनले यसको अध्ययन सकेर चाँडै काम सुरु हुने बताएका हुन् ।

अबको भुक्तानी प्रणाली मोबाइल फोन बाटै गर्नुपर्ने भएको र त्यसमा नेपाल धेरै ढिला भइसकेको उनको तर्क छ । नेपालमा अनलाइन भुक्तानी प्रणालीले धेरै नै सम्भावना रहेको र यसमा लागत पनि धेरै नै हुने गरेको उल्लेख गरे ।

यो प्रणाली महंगो भएकाले यसमा बैंक तथा वित्तीय संस्थाले निरन्तर लगानी बढाउन आवश्यक रहेको उनको तर्क छ ।

नेपालमा बैंकिङ प्रणालीलाई प्रविधिले डोर्याउने भएकोले यसमा हुने विभिन्न खाले चुनौतीको समाना गर्नका लागि लगानी बढाउन अनिवार्य आवश्यक रहेको तर्क गरे ।

‘यसमा रिसर्च आवश्यक पर्ने भएकोले बजेट पनि धेरै नै चाहिन्छ’ उनले भने सूचना प्रविधिमा लागत र न्यून दक्ष जनशक्ति भएकोले यसमा लगानी बढाउन बनाउन सकेको खण्डमा योग्य जनशक्ति निर्माण गर्न सकिन्छ । प्रविधि पनि बलिया हुँदै जाने छ ।’

आजको समयमा साइबर सेक्युरिटी निकै चुनौती पूर्ण रुपमा आएको भन्दै यो समस्या समाधन गर्नको लागि नीतिगत व्यवस्था आवश्यक रहेको बताए ।

त्यसका लागि आगामी दिनमा बैंकिङ क्षेत्रले सूचना प्रविधिमा लगानी बढाउनु पर्नेमा उनले जोड दिए ।

‘कानूनी बाटो प्रष्ट भयो भने सबैलाई काम गर्न सजिलो हुन्छ, कानूनको सहयोगले नगदको कारोबारलाई निरुत्साहित गर्दै जान पनि सकिन्छ’ उनले भने ।

नेपालको बैंकिङ क्षेत्रको साइबर सेक्युरिटीमा धारणा के हो ? त्यसको लागि नीतिगत व्यवस्था के हुन पर्ने हो त्यो अध्ययन गरेर नीति बनाउन अवाश्यक रहेको उनको भनाइ छ ।

त्यसको लागि नियमन निकाय, विदेशी जानकारको राय लिएर साइरबर सेक्युरिटी पोलिसी आवश्यक पर्ने र त्यसले दिशानिर्देश गर्ने उनले स्पष्ट पारे ।

अनलाइन भुक्तानी प्रणालीलाई बलियो बनाउन खुर्दे भुक्तानीलाई पनि प्रविधिमा लैजानु पर्ने उनको तर्क छ ।

बैंक तथा वित्तीय संस्थाहरुले सिएसआरमा छुट्याएको रकमलाई पनि यसमा जोडेर काम गर्न सकेको खण्डमा त्यो पनि प्रभावकारी हुने सुब्बको तर्क छ ।

सुब्बाले लघुवित्त र सहकारी संस्थाहरुलाई पनि यसमा सहभागी गराउन आवश्यक रहको धारणा राखे ।

सहकारी र माइक्रोफाइनान्सलाई हेरेर नै यो व्यवस्था आएको भन्दै यसल तल्लो निकायसम्म सेवा प्रवाहमा काम गर्ने धारणा राखे ।

अहिले विद्युतीय कारोबारमा शुल्क बढी भएको गुनासो रहेको भन्दै आगामी दिनमा न्यून शुल्कमा सेवा पाउने गरी काम गर्नु आवश्यक रहेको बताए । त्यसले अहिलेको खुद्रे भुक्तानी प्रणालीलाई प्रविधिमा जोडन सहज हुने बताए ।


पुष्प दुलाल