घर जग्गा किन्न बैंकबाट ऋण चाहियो ? यस्ता छन् प्रक्रिया र चाहिने कागजात



काठमाडौं । तपाईं घर जग्गा खरिद गर्ने वा नयाँ घर निर्माण गर्ने सोचमा हुनुहुन्छ तर पुँजीको अभावमा आफ्ना योजना थन्क्याएर बस्नु भएको छ ?

प्रायः मध्यम वर्गिय मानिसको मुख्य सपना जिवनमा आफ्नै कमाइले एउटा घर बनाउने हुन्छ । जुन सपना अहिले महँगिदै गएको छ ।

बढ्दो सहरीकरण साथै हरेक वस्तु मुल्य वृद्धिका कारण घर जग्गाको मुल्य पछिल्ला केही वर्षयता आकाशिँदो छ । जसकारण मध्यम आय भएकाहरुले देख्ने आफ्नो घरको सपना प्राय अधुरा हुन थालेका छन् ।

तर तपाई हामीजस्तो मध्यम आयस्तर भएकाहरुले केही समझदारी अपनाएर बैंक तथा वित्तीय संस्थाको सहयोग लिने हो भने आफ्नो घरको सपना साकार गर्न सफल हुन्छौँ ।

काठमाडाैंका यी ३ क्षेत्रमा पाइन्छ सबैभन्दा सस्तो जग्गा

तर हामीले कर्जा लिनको लागि बैंक तथा वित्तीय संस्थामा योग्य भएर अर्थात् आवश्यक कागजात पुर्याएर जानु पर्ने हुन्छ ।

कर्जा सुरक्षणमा धितो

बैंकले कर्जा प्रदान गर्दा उचित मुल्यांकनको धितो वा सुरक्षण खोज्छ । कुनैपनि बैंक तथा वित्तीय संस्थाले बिना धितो घर जग्गा कर्जा दिँदैन । नयाँ घर बनाउनका लागि वा घर जग्गा खरिद गर्दा प्रायजसो कर्जा लिने ऋणसँग बैंकले धितोको रुपमा खरिद गरिने घर जग्गा वा निर्माणाधिन घर नै राख्ने गर्छ ।

काठमाडौं उपत्यकामा घर किन्दै हुनुहुन्छ ? यी स्थानमा पाइन्छन् करोड मुनीका घर

जसका लागि घर तथा जग्गाको धितोमा राखिने घर जग्गाको कम्तीमा ८ फिट बाटो भएको हुनुपर्छ । यदि निर्माणकर्ताबाट घर तथा अपार्टमेन्ट लिने भएमा निर्माणकर्ता, ऋणी र बैंक बीचको त्रिपक्षीय सम्झौता भएको हुनुपर्छ । साथै, बैंकलाई मान्य हुने व्यक्तिको व्यक्तिगत जमानी हुनुपर्छ । बैंकमा मान्य हुने जमानी भनेको एकाघर परिवारको सदस्य हुनुपर्छ । बैंकले विवाह भइसकेका सम्बन्धको जमानीलाई मान्य गर्दैन । अर्थात् विवाह भएर गएको छोरीको माइतीको कसैको पनि जमानी मान्य हुँदैन ।

घर/जग्गा कर्जामा आवश्यक कागजात

अहिले प्रायजसो बैंकहरुले सस्तो ब्याजदरमा घर जग्गा कर्जा योजना ल्याएका छन् । बैंकहरुको यस्तै योजना देखेर हामीमध्ये धेरै जनाले घर कर्जाको लागि बैंक सम्पर्क गर्ने गरिरहेका छौँ होला ।

तर बैंकबाट घर जग्गा कर्जाको लागि आवश्यक कागजात नपुगेर फर्किएको अनुभव पनि धेरै जनासँग हुन्छ । घर जग्गा कर्जाको लागि बैंकमा बुझाउनु पर्ने कागजातहरु निम्न अनुसार छन् ।

धितो सम्बन्धी कागजातहरु

१. सम्पत्ति लालपुर्जा र राजिनामा पत्र

२. सम्बन्धि नापी विभागबाट ब्लु प्रिन्ट र देश म्याप, चार किल्ला, तिरो तिरेको रसिद र घरको कर तिरेको रसिद ।

३. नक्सा पास र घर निर्माण ईजाजत र स्विकृतीपत्र (घर निर्माण र घर खरिदको लागि)

३.घर खरिद गर्न कर्जा लिँदा-घर निर्माण सम्पन्न पत्र र सो अनुसार लालपुर्जामा घर कायम भएको हुनुपर्छ ।

४.जग्गा धनी, ऋणी र जमानीकर्ता प्रत्येकको २ प्रतिफोटो र नागरिकताको प्रमाणपत्र ।

आयस्रोत देखाउँदा बैंकमा पेस गर्नुपर्ने कागजात

१. आम्दानी तलवको सर्टिफिकेट र तलव खाताको बैंक स्टेटमेन्ट ।

२. पेन्शन पट्टाको किताब र सम्बन्धी पेन्शन खाताको बैंक स्टेटमेन्ट ।

३. घरघाडाबाट आय भएमा घर भाडाको सहमतिपत्र आदि ।

४. फर्मको रजिष्ट्रेशन र प्यान र भ्याट दर्ताको प्रमाणपत्र ।

५. कर चुक्ताको प्रमाणपत्र ।

६. व्यक्ति वा फर्मको नाममा कुनै पनि बैंकमा रहेको खाताको बिगत कम्तिमा ६ महिना अगाडिदेखिको बैंक स्टेटमेन्ट ।

७. आर्थिक कारोबारको विवरणहरु । (वासलात र नाफा नोक्सान इत्यादि)

८. ५० लाख रुपैयाँ वा सो भन्दा माथिको घर कर्जा आवश्यक परेमा ब्यक्तिगत प्यान सर्टिफिकेट ।

९. बैंकले आवश्यक ठानेका अन्य कागजातहरु ऋणीले उपलब्ध गराउनु पर्ने ।

माथि उल्लेखित सम्पुर्ण कागजातका पूर्वतयारी गरेर बैंकमा घर जग्गा कर्जा आवेदन दिन गएमा बैंकले उचित मुल्यांकन गरी आवश्यक प्रक्रिया अघि बढाउँछ ।

ऋणीको योग्याता

नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जा तथा आवधिक कर्जा प्रवाह गर्दा मासिक किस्ता भुक्तानीको २ गुना आम्दानी हुन पर्ने व्यवस्था गरेको छ । जसअनुसार ऋणी, निजको श्रीमान वा श्रीमती अथवा एकाघर परिवारका सदस्यको कुल आम्दानी गरी कर्जाको मासिक किस्ता भुक्तानी २ गुना पुग्नु पर्छ ।

तलबी र व्यवसायिक तथा अन्य आम्दानी) को हुन आउने रकम मासिक किस्ता रकमको कम्तिमा पनि २ गुना भएका मात्र बैंकले कर्जाको प्रत्रिया अघि बढाउँछ ।

साथै बैंक तथा वित्तीय संस्थाले ऋणीको उमेरसमेत निर्धारण गरेको हुन्छ । जसमा बैंकअनुसार ऋणीको उमेरहद ६० वर्षदेखि ७० वर्ष तोकिएको हुन्छ भने नाबालिगको हकमा पनि बैंकले कर्जा दिँदैन ।

कर्जा भुक्तानीको अवधि

बैंक तथा वित्तीय संस्थाले आवासीय घर जग्गा निर्माण तथा खरिदको लागि प्रवाह गर्ने कर्जा भुक्तानीको अवधि तोकेको हुन्छ । जसमा बैंकले बढीमा २५ वर्षको लागि अधिकतम ३ सय किस्तामा भुक्तानी गर्ने गरी कर्जा प्रवाह गर्छन् ।
तर सो किस्ता बैंकले तोकेको उमेर हदभन्दा अगावै तिरिसक्नु पर्ने हुन्छ । मानौं कुनै ५५ वर्षको व्यक्ति एक बैंकबाट ७५ लाख रुपैयाँ २० वर्षे घर कर्जा लिएको छ ।

तर बैंकले ऋणीको अधिकतम उमेरहद ६५ वर्ष तोकेको छ भने ऋणीले १० वर्षभित्र नै कर्जाको किस्ता भुक्तानी गर्नु पर्छ ।

घर जग्गा कर्जाको सीमा

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवासीय घर निर्माणको लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले तोकेको सीमाभित्र रहेर बैंकहरु घर निर्माणको लागि नक्सा पास गरी इन्जिनियरले घर निर्माण गर्न अनुमान गरेको लागतको ८० प्रतिशतसम्म कर्जा दिन्छन् ।

कोरोनाले काठमाडौं उपत्यकामा जग्गाको मूल्य स्थिर, व्यवसायी भन्छन्- २/४ महिनापछि बढ्छ

यदि तपाईं बनिसकेको घर खरिद गर्नको लागि बैंकबाट कर्जा लिन चाहनु हुन्छ भने बैंकले घर जग्गा दुबैको मुल्यांकन गरेर सोको ७५ प्रतिशत कर्जा दिन्छ । साथै, घर निर्माणको लागि जग्गा खरिदमा गर्न जग्गा मुल्यांकनको ६० प्रतिशतसम्म कर्जा बैंकले दिन्छ ।

ब्याजदर निर्धारण

अहिले प्राय जसो बैंकहरुले घर जग्गा कर्जा योजना ल्याएका छन् । जसकारण घर जग्गा कर्जाको ब्याजदर अन्य कर्जाको तुलनामा सस्तो छ ।

तर बैंकबाट कर्जा लिने ऋणीले आवश्यक कागजात पुर्याएर कर्जाको लागि आवेदन दिँदा ब्याजदरमा मोलमोलाई गर्न सक्छन् ।

बैंक तथा वित्तीय संस्थाले जुनसुकै कर्जा प्रवाह गर्दा पनि आधारदर (बेसरेट) मा केही प्रतिशत प्रिमियम थप गरी प्रवाह गर्छन् । अहिले सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको औषत बेसरेट ८.८० प्रतिशत छ ।

गत आवको असार मसान्तसम्म कुमारी बैंक बाहेक सबै वाणिज्य बैंकको बेसरेट एकल अंक अर्थात् १० प्रतिशतभन्दा थोरै छ । साथै अहिले सबैभन्दा थोरै बेसरेट राष्ट्रिय वाणिज्य बैंकको ५.८० प्रतिशत कायम गरेको छ । घर जग्गा कर्जा लिँदा बैंकको बेसरेट र त्यसको प्रिमियमका साथै सेवा शुल्क अनिवार्य हेर्न आवश्यक छ ।

वाणिज्य बैंकहरुको बेसरेट

पास भएको कर्जा बैंकबाट भुक्तानीको प्रक्रिया

बैंक तथा वित्तीय संस्थाहरुले धितोको उचित मुल्यांकन गरी घर जग्गा कर्जा पास गरेपनि एकमुष्ट रुपमा कर्जाको रकम भने ऋणीलाई दिँदैनन् ।

ऋणीले घर बनाउन शुरु गर्नुभन्दा अगाडीबाट कर्जाको केही प्रतिशत ऋणीले बैंकबाट पाउँछ । त्यसपछि घर निर्माणको आवश्यक खर्चको मुल्यांकन गरी किस्तामा बैंकले कर्जाको रकम ऋणलिाई दिन्छ ।

यदि पास भएको ऋणको परिमाणभन्दा थोरै रकम घर बनाउन खर्च भएका सोही अनुसारको क्सिातको स्टेमेन्ट बनाउँछ । पास भएको कर्जाको परिमाणभन्दा धेरै रकम घर बनाउन लागेमा आवश्यक मुल्यांकन र प्रक्रिया पुरा गरी बैंकले ऋणीलाई थप कर्जा दिन्छ ।


पुष्प दुलाल