कोरोनाले काठमाडौं उपत्यकामा जग्गाको मूल्य स्थिर, व्यवसायी भन्छन्- २/४ महिनापछि बढ्छ



काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले गर्दा काठमाडौं उपत्यकामा घर-जग्गाको कारोबार बढ्न सकेको छैन ।

गत चैत ११ लकडाउन भएसँगै देशभरका मालपोत कार्यालय बन्द भए । लामो समयको बन्दाबन्दीपछि गत असारबाट मालपोत कार्यालय खुलेका थिए । भदौदेखि फेरि मालपोत कार्यालयहरु बन्द भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण बिक्री गर्ने बढे पनि किन्ने मानिस निकै कम भएको घर-जग्गाको कारोबार गर्ने व्यवसायीहरु बताउँछन् ।

लकडाउनका कारण घर-जग्गा कारोबार निकै कम भएको र मूल्य पनि स्थिर रहेको उनीहरुको भनाइ छ । सरकारले २०७७/०८८ को नयाँ जग्गाको मूल्यांकन तोकेपनि कोरोनाका कारणले जग्गाको मूल्य बढ्न नसकेको व्यवसायीहरुको बताउँछन् ।

काठमाडौं उपत्यकामा घर किन्दै हुनुहुन्छ ? यी स्थानमा पाइन्छन् करोड मुनीका घर

उपत्यकामा स्थानअनुसार जग्गाको मूल्य तोकेको छ । यसैगरी हाल लकडाउनका कारण मूल्यमा कम वा वृद्धि भएको अवस्था नरहेकोे र जग्गाको मूल्य स्थिर रहेको घर–जग्गा बिक्री केन्द्रका सञ्चालक सुरज खड्काले जानकारी दिए ।

विगतमा प्रतिआना २० लाखमा किनेको जग्गा यतिबेला मूल्य बढेर २२/२५ लाख रुपैयाँमा बेच्न सकिन्थ्यो । तर, अहिले त्यो अवस्था छैन ।

‘किनेको भन्दा कम मूल्यमा बेच्ने कुरा हुँदैन,’ खड्काले क्लिकमान्डूसँग भने, ‘जतिमा किनेको छ त्यतिमै कारोबार भइरहेको छ ।’

खड्का भक्तपुर र ललिपुरका भित्री स्थानहरुमा घरजग्गाको कारोबार गर्दै आएका छन् । ग्राहकहरुले अहिले सस्तो मूल्यका जग्गाको खोज्न थालेको उनको अनुभव छ ।

‘अहिले आउने ग्राहकले सस्तो जग्गा खोजिरहेका छन्,’ उनले सुनाए, ‘सायद लकडाउनका कारण आम्दानी खुम्चिएर पनि होला ।’

लकडाउन कारण २० प्रतिशतभन्दा बढी घरजग्गा किन्ने ग्राहकको कमी भएको खड्काले जानकारी दिए ।

काठमाडाैंका यी ३ क्षेत्रमा पाइन्छ सबैभन्दा सस्तो जग्गा

अहिले परिस्थिति नै जटिल रहेको बेला जग्गा मूल्य नबढे पनि अवस्था सामान्य भएमा ६ महिनापछि जग्गा किन्ने मानिस धेरै हुने उनको दाबी छ ।

यस्तै तारकेश्वर र टोखा नगरपालिकाको स्थानहरुमा जग्गाको कारोबार गर्दै आएका असिम लम्सालको अनुसार पनि कोरोनाका कारण जग्गाको मूल्य बढ्न नसकेको बताए । उनका अनुसार आर्थिक समस्यामा परेका मानिसले केही हदसम्म जग्गाको मूल्य कम गरेर पनि बेच्न चाहेको बताए ।

‘जग्गा भनेको आज किनेर भोलि बेच्ने कुरा भएन,’ लम्सालले भने, ‘विगतको दिनमा किनेर राखेका व्यापारीहरुले कोरोनाका कारण बैंकको ऋण तथा अन्य समस्याले बजारको मूल्यभन्दा केही कम मूल्यमा विक्रि गरिरहेको छ ।’ उनका अनुसार तत्कालको लागि समस्या भइरहेका मानिसले ५ प्रतिशतसम्म जग्गाको मूल्य घटाएर बेचिरहेको बताए ।

‘घरजग्गाको कारोबार गर्दै आएका पुरानो व्यापारीहरूले पछिल्लो समय बजारमा जग्गाको आकर्षण बढेसँगै सस्तो जग्गामा मूल्य किनेका छन् । त्यही अहिले समस्याको बेला केही हदसम्म मिलाइएर बेचिरहेका छन,’ उनले भने ।

मानौं ५ वर्षअघि एक स्थानको जग्गाकरो मूल्य प्रतिआना ४ लाख मूल्य अहिले बढेर १० लाख रुपैयाँ माथि पुगेको छ ।

काठमाडौंमा एक तले घर बनाउँदा कति खर्च लाग्छ ?

तर अहिले समस्या परेका मानिसले लकडाउन कारण १० लाख प्रतिआना पर्ने जग्गालाई ९ लाख ५० हजारसम्म दिइरहेको उनको भनाइ छ । साथै, लकडाउन शुरु भएसँगै जग्गाको कारोबार ५० प्रतिशतले घटेको उनले बताए ।

कोरोनाले निम्त्याएको समस्याका कारण जग्गाको मुल्यमा त्यति धेरै असर नपारेको उपत्यका घरजग्गा खरिद बिक्री केन्द्रका संस्थापक विनोद लामिछानेले जानकारी दिए ।

काठमाडौं इमाडोल र भक्तपुरको पेप्सीकोलामा कारोबार गर्दै आएकोमा अहिले जग्गाको मूल्य घट्न पनि नसकेको र बढ्न नसकेको उनले बताए । हाल कोरोनाको कारण सबै कारोबार गर्ने स्थानहरु बन्द भएका कारण पनि व्यावसाय ठप्प रहेको उनको भनाइ छ ।

यस्तै घर जग्गा नेपाल प्रालिका अनुसार पनि घर जग्गा विक्रीमा निकै प्रभाव परेको जानकारी दिए । घर जग्गा बिक्री तथा खरिद गर्न चाहनेको लागि एक अनलाइन प्लेटफर्म बनेको घर जग्गा प्रालिका एक व्यक्तिले भने, ‘आवतजावतमा समस्या, खरिद गर्न चाहनेले फिल्डमा गएर प्रोपर्टी हेर्न नसकेको तथा २ पक्षबीच लेनदेन सहमति भइसकेको अवस्थामा मालपोत, वडा, नगरपालिकाका कार्यालय सुचारू नभएकोले रजिस्ट्रेसन पास गर्न सक्ने अवस्था छैन ।’

ती व्यक्तिका अनुसार कोरोनाले अहिले अनलाइन मिडियाका समाचारमा घर जग्गाको मूल्य घटेको वा ४० प्रतिशतले घट्यो, करोड रुपैयाँभन्दा बढी मूल्यका घर करोड मुनि नै पाइन्छ भन्ने आशयका समाचार धेरै बढेको बताए ।

‘तर वास्तविक बजारमा उल्लेखनीय प्रभाव पार्ने गरि घटेको पनि छैन र बढेको पनि छैन,’ उनले भने ।

साथै, मानिसको घर जग्गामा गरिएको लगानी नै सुरक्षित र दिर्घकालिन फाइदाको लगानी हो भन्ने सोच व्याप्त रहेको परिस्थितिमा आवतजावत र सरकारी कार्यालय सुचारु हुँदा घरजग्गाको मूल्य नघट्ने बरु सामान्य प्रतिशतले भने पनि वृद्धि हुने उनको भनाइ छ ।

घर जग्गा नेपाल विज्ञापन गर्दै आएकोमा विगत १५ दिनको समिक्षा अनुसार ८५ प्रतिशत हाराहारीमा  खरिदकर्ताको र १५ प्रतिशत हाराहारीमा बिक्रेताको अनुरोध प्राप्त भएको उनले जानकारी दिए ।


पुष्प दुलाल