क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने, सेयर कारोबार रोकियो



काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । दुवैमा एउटै व्यवसायिक समुहको क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका हुन् ।

लघुवित्तमा सबैभन्दा बढी चुक्ता पूँजी एनआईसी एशिया लघुवित्तको रहेको छ । यसले हालै मात्र आइपीओ जारी गरेको थियो । एनआईसी एशिया लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४८ करोड करोड रहेको छ स्वदेशी लघुवित्तको २७ करोड ६० लाख छ ।

सेयर बजारमा स्वदेशी लघुवित्तको सेयर मूल्य ८०० रुपैयाँ रहेको छ भने एनआईसी एशिया लघुवित्तको ७५३ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु