कुमारी बैंकको श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई सहयोग



काठमाडौं । कुमारी बैंकले पाल्पास्थित श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ । बैंकले विद्ययालयलाई केही थान कम्प्युटर र ल्यापटप अनलाईन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ बैंकले विद्यालयलाई सहयोग गरेको हो ।

कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको हुँदा कुरालाई ध्यानमा राख्दै बैंकले सो सहयोग गरेको जनाएको छ । सहयोग सामाग्री बैंक प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादव बहादुर रायमाझीलाई हस्तान्तरण गरेका छन् ।

सहयोगले दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पुग्ने विस्वास बैंकले राखेको छ ।

बैंकले मुलुकभर २०३ शाखा संजाल, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिँदै आएको छ ।


क्लिकमान्डु