ग्लोबल आइएमइ बैंकले घटाएर सार्वजनिक गर्यो निक्षेपको ब्याजदर, केमा कति ?



काठमाडौं । बैंकर्स संघले सोमबार ब्याजदरमा भएको भद्र सहमति खारेज गरेपछि बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउन थालेका छन् । बजारमा अत्याधिक तरलता भएको भन्दै संघले बजारलाई नै आवश्यकताअनुसार ब्याजदर निर्धारण गर्न छोडेको थियो ।

संघको निर्णयसँगै ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार साधारण बचतका सबै प्रकारका बचत खातामा ०.५ देखि १ प्रतिशतसम्म प्रतिशतसम्म ब्याजदर घटाएकोे छ । साथै, मुद्दति खाताको तर्फ पनि व्यक्ति गत र संस्थागत दुबैं तर्फको ब्याजर ०.५ प्रतिशत घटाएको छ ।

बैंकले गत चैत महिनामा ब्याजदर प्रकाशित गर्दा ३ महिने मुद्दति निक्षेपमा संस्थागत तर्फ ७ प्रतिशत र सोभन्दा माथि ७.१० प्रतिशत र व्यक्तिगत तर्फ ८.२५ प्रतिशत ब्याज दिने उल्लेख गरेको थियो ।

तर साउनदेखि लागू हुने गरी बैंकले ३ महिने मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.५० प्रतिशत र सोभन्दा माथि ६.६० प्रतिशत र व्यक्तिगत तर्फ ७.७५ प्रतिशत ब्याज दिने उल्लेख गरेको थियो । बैंकले एनआरएन मुद्दतिको पनि चैतको भन्दा ०.५ घटाएर ३ महिानाभन्दा माथिका मुद्दति खातामा ७.७५ प्रतिशत ब्याज दिने भएको छ ।

हाल बैंकले २४ प्रकारका निक्षेप खाता सञ्चालन गरिरहेको छ । जसमध्ये बैंकले विदेशी मुद्रा मुद्दति खातामा १ प्रतिशत ब्याजदर घटाएको छ ।

 


क्लिकमान्डु