कोरोनाको संक्रमण भदौमा ‘पिक’मा जान्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भदौ महिनामा पिकमा जान सक्ने बताएका छन् ।

कोरोनाको संक्रमणको रोकथाम तथा नियन्त्रणमा केही कमी कमजोरी भएको स्वीकार गर्दै ओलीले भदौमा पिकमा जाने र कात्तिमा गएर मात्रै समाप्त हुने देखिएको बताए ।

यद्यपि बीचमा चाडपर्व भएकाले कोरोनाको अझ बढी चुनौतीपूर्ण भएको बताए ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना आउन नदिने र आए पनि बढ्न नदिनका लागि सरकारले धेरै नै प्रभावकारी काम गरेको भएपनि त्यसको शतप्रतिशत परिणाम नआएको बताए ।

ओलीले काम गर्दा कही कतै कमजोरी रहेको भने स्वीकार गरे । उनले विश्वमा धेरै नै विकराल समस्या भएको भन्दै नेपालमा त्योे अवस्था नरहेको उल्लेख गरे ।

‘शुरुमा हाम्रो तयारी र स्वास्थ्य अवस्था कस्तो थियो ? कतै कतै व्यवस्थापनमा धेरै नै कमजोरी भएको छ । एउटै प्रदेशमा मेसिन एकातिर र पार्टपुर्जा एकातिर भए तर त्यसलाई हामी अब चुस्त बनाउँदैछौं,’ उनले भने ।

सरकारले शुरुदेखि नै निकै सावधानीका साथ लकडाउन गरेको दाबी गरे ।

‘क्वारेन्टाइन पनि नबनेको समयमा बाँध फुटेको जस्तो फुटेको, ५० हजार मानिसलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गरेर क्वारेन्टाइनमा राख्न कति जमिन चाहिन्छ, कति पैसा चाहिन्छ । त्यो सबैले बिचार गरौ,’ उनले भने ।

ओलीले क्वारेन्टाइनमा धेरै मान्छे कोचेर राख्न पाइदैन । त्यो व्यवस्था एकैपटक हुन सक्दैन थियो तर हामीसँग पूर्व तयारी थिएन । जब शुुरु भयो तयारी पनि भएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेका कार्यालयको काम कारबाही प्रभावकारी बढेको बताए । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट कोरोना भाइरसबाट प्रभावित भएको दाबी गरे । नेपाल भर्खरको विकासको बाटोतर्फ अघि बढी रहेको स्मरण गरे ।

बजेटमा आलोचना रहेको र त्यसलाई आफूले सामान्यरुपमा लिएको जानकारी गराए । कोरोना सबैको लागि साझा समस्या भएको भन्दै हरेक नेपाली कोरोनाको विरुद्धमा लाग्न आवश्यक औल्याए ।


क्लिकमान्डु