सांसद गगन थापाले भने- सबैजना एकजुट भएर नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाऔं



काठमाडौं । सांसद गगन थापाले नेपाली भूमिबाट विदेशी सेना हटाउन सबैलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अहिले संविधान संसोधनसँगै नेपालीको नक्सा मात्रै नभएर नेपाली भूमिमा रहेका विदेशी सेना फिर्ता पठाउने संकल्प पनि यो संसदबाट नै गर्न सरकारलाई आग्रह गरेका छन् ।

यसको लागि सरकारले खुट्टा नकमाइ काम गरेको खण्डमा सरकारलाई पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।

माटो जोगाउने मुद्दामा प्रधानमन्त्रीलाई सँधै साथ रहेको र माटो जोगाउँदै गर्दा मान्छेको बारेमा ध्यान दिन आग्रह गरे । नक्साको विषयमा हिमाल, पहाड र तराई सबैसँगै रहेको भन्दै नेपालको भूभागबाट विदेशी सेना फिर्ता पठाउन सबैसँगै रहने प्रतिबद्धता जनाए ।

संसदमा काँग्रेसको र नेकपाको दुई वटा संकल्प प्रस्ताव दर्ता रहेको र त्यो प्रस्तावलाई एउटै बनाएर लैजान आग्रह गरे ।


क्लिकमान्डु