चितवनमा कोरोना संक्रमित एकजनाको मृत्यु, मर्नेको संख्या १५ पुग्यो
काठमाडौं । मंगलबार चितवनमा कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । चितवन भरतपुर ११ का उनी निमोनिया, ज्वारो र प्रेसरका विरामी थिए । उनमा सोमबार साँझ कोरोना पुष्टि भएको थियो भने मंगलबार बिहान मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमित भइ मृत्यु हुनेहरुको संख्या १५ पुगेको छ ।
त्यसैगरी मंगलबार मात्रै ३२३ जनामा थप कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेहरुको संख्या ४ हजार ८६ पुगेको छ भने ७२ जिल्लामा कोरोना फैलिसकेको छ । उपचारपछि निको हुनेको संख्या ५८४ छ ।