सामूदायिक विद्यालयको जिम्मेवारी निजीलाई दिने होइन, कोष बनाएर मात्रै खर्च हुन्छः शिक्षामन्त्री



काठमाडौं । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले सामूदायिक विद्यालयको जिम्मेवारी निजीलाई नदिने स्पष्ट पारे ।

मंगलबार विनियोजन बजेटमाथिको छलफलका क्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले यस विषयमा व्यक्त भएका विचार आफूले गम्भीरतापूर्वक लिएको बताउँदै कोष स्थापना गरेर सोही अनुसार खर्च गरिने बताए ।

‘सामाजिक उत्तरदायित्व अन्तर्गत निजी लगानीका विद्यालयले पनि योगदान गर्नुपर्छ भन्ने सही हो, तर संविधान र नीति विपरीत सार्वजनिक विद्यालयको जिम्मेवारी निजीलाई दिइने छैन,’ उनले भने ।

मन्त्री पोखरेलले सामाजिक उत्तरदायित्व अन्तर्गत निजीले गर्ने सहयोगलाई कोष निर्माण गरी जम्मा गर्ने र त्यो रकम सार्वजनिक विद्यालयको भौतिक विकासमा खर्च गर्न सकिने बताए ।

यस सन्दर्भमा आउन सक्ने सकारात्मक विकल्पमा छलफल गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ ।


क्लिकमान्डु