संसदमा अर्थमन्त्रीको राजीनामा माग, ‘विद्युतीय गाडीमा अर्बौ भ्रष्टाचार हुँदा राजीनामा किन नदिएको ?



काठमाडौं । सांसद प्रेम सुवालले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।

मंगलबार विनियोजन विधेयकमाथि छलफलका क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले विद्युतीय गाडीमा अर्बौ रुपैयाँ भ्रष्टाचार भएको भन्दै मन्त्री खतिवडाले राजीनामा दिनुपर्ने बताए ।

‘रेल दुर्घटनामा भारतीय रेलमन्त्री लालबहादुर शास्त्रीले राजीनामा दिए, विदेशमा डलर जम्मा गरेको कारण नेपालका अर्थमन्त्री डा. रामशरण महतले राजीनामा दिएका थिए । विद्युतीय गाडीमा अर्बौ घोटाला भएको छ । अर्थमन्त्रीले राजीनामा दिनुपर्छ किन राजीनामा नदिनु भएको अर्थमन्त्री ज्यू ?’ उनले भने ।

जवाफमा मन्त्री खतिवडाले राजीनामा दिँदै जाने हो भने कुनै मन्त्रीले पनि बजेट पास गर्न नपाउने बताए ।

उनले एमसीसी सरकारको प्रस्ताव भएको भन्दै अहिले नै यो विषयमा यसरी प्रस्तुत हुँदा संसदमा विचाराधिन रहेको विषयमा पूर्व निर्णय नगर्न आग्रह गरेका छन् ।


क्लिकमान्डु