लकडाउनबीचमा सुनको मूल्य सार्वजनिक, तोलामा १० हजार ४ सय रुपैयाँले बढ्यो



काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउन अढाइ महिना पछि सुनचाँदीको मूल्य सार्वजानिक गरेको छ । लकडाउनको कारण गत चैत १० गतेदेखि सुनको मूल्य सार्वजनिक गर्ने बन्द गरेको महासंघले पुनः सुनचाँदीको मूल्य सार्वजनिक गरेको हो ।

महासंघले सार्वजनिक गरे अनुसार अढाइ महिनाको बीचमा सुनको मूल्य १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ । गत चैत १० गते बन्द हुँदा प्रतितोला ७७ हजार रुपैयाँ रहेको सुनको मूल्य पुनः सार्वजनिक हुँदा ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गतेबाट लकडाउन घोषणा गरेको छ । अढाइ महिना यता महासंघले सुनको नयाँ मूल्य सार्वजनिक गरेको थिएन ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रक्रिया शुरु गरे पछि महासंघले पनि देनिक केही घण्टा व्यवसाय गर्ने जानकारी गराउँदै सुनको मूल्य सार्वजानिक गरेको हो ।

जस अनुसार आइतबार चाँदीको मूल्य ९ सय २५ रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु