कोरोनाका कारण थप २ जनाको मृत्यु, कुल संख्या १३ पुग्यो



काठमाडौं । कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार डोल्पा जगदुल्लाका ५८ वर्षे पुरुषको मृत्यु भएको हो ।

उनको जेठ २१ गते राति २ बजे मृत्यु भएको हो । उनी दमका रोगी थिए ।उनको नमूना परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

त्यस्तै, सेती प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षे महिलाको पनि मृत्यु भएको छ । धनगढी-४ कि मिर्गौला कि बिरामी समेत रहेकि उनको जेठ २३ गते डायलासिस गर्दैगर्दा मृत्यु भएको हो ।

यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । हालसम्म कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । जसमध्ये ३६५ जना उपचारपछि निको भइसकेका छन् ।

 


क्लिकमान्डु