लकडाउन खुकुलो बनाउँदै सरकार, २५ गतेदेखि छोटो र असार १ बाट लामोदुरीका सवारी साधन चल्ने दिने
काठमार्डौं । उच्च स्तरीय समन्वय समितिले जेठ २५ गतेदेखि लकडाउन खुकुलो बनाउन प्रस्ताव गरेको छ ।
समितिको शुक्रबारको बैठकले कम्तिमा एक मिटर भौतिक दुरी कायम गर्ने र आवश्यक सरसफाइका प्रोटोकल पालना गर्दैै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ ।
२५ गतेदेखि जिल्ला नकटने गरी सवारी साधनको क्षमताभन्दा आधा यात्रु राखेर छोटो दुरीका सवारी साधन चल्ने दिने प्रस्ताव गरेको छ ।
दैनिक उपभोग्य बाहेकका अन्य सामान विक्री हुने पसल तथा डिपाटमेन्टल स्टोर, अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु पनि खोल्नको लागि प्रस्ताव गरेको छ ।
समितिले कपाल काट्ने सैलुन, सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा कार्यालयको कामसँग सम्बन्धित सवारी साधन चल्ने दिने प्रस्ताव गरेको छ । २ पाँग्रे सवारी साधनको हकमा एक जना मात्रै हिड्न पाउनेछन् ।
यस्तै असार १ गतेदेखि सबै प्रकारका उद्योग व्यवसाय र आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याउन प्रस्ताव गरेको छ । जसमा यात्रु क्षमता भन्दा आधा मात्रै राख्नु पर्ने छ । आधा यात्रु राखेर लामो दूरीका सवारीसाधन चल्न दिने, निश्चित समय तोकी मदिराजन्य पदार्थको विक्री वितरण गर्ने पसल खोल्न समेत दिन प्रस्ताव गरेको छ ।