अर्थमन्त्री डा. खतिवडाले चकलेट र विद्युतीय गाडीमा तीन पुस्तालाई पुग्नेगरी भ्रष्टाचार गरेः सांसद शाही



काठमाडौं । सांसद रंगमती शाहीले अर्थमन्त्री डा. युवराज खतिवडाले तीन पुष्तालाई पुग्नेगरी भ्रष्टाचार गरेको ओरोप लगाएकी छिन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो आरोप लगाएकी हुन् ।

‘अर्थमन्त्री खतिवडाले चकलेट र विद्युतीय गाडि खरिदमा कमिशनको खेल खेलेजस्तो व्यापारीलाई कमाउन सजिलो छैन । तपाईले तीन पुस्तालाई पुग्नेगरी भ्रष्टाचार गरेजस्तो जनतालाई कर तिर्न सजिलो छैन ।’

उनले जनतालाई घरमा थुनेर अर्थमन्त्रीले कर उठाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । लकडाउनको कारण व्यापारीले पसलको भाडा तिर्न समस्या भएको, लकडाउनको कारण व्यापारीहरुले आत्महत्याको बाटोमा समेत जाने अवस्था आउन लागेको तर्क गरिन । उनले यो बेलामा सरकारले कर तिर्न दबाब दिनु समय सापेक्ष नभएको दाबी गरिन ।

‘अहिले देशमा मानवता समेत सकिदैं गएको छ । यति बेला मानिसले माक्स लगाएर हिँडने, आफ्नो अनुहार आफै लुकाउनु पर्ने, पैसा देखि डराउनु पर्ने दिनमा अर्थमन्त्री खतिवडा तीन पुस्तालाई पुग्ने गरी पैसा कमाउन दौडिराख्नु भएको छ । कठै जनताको सरकार’ उनले भनिन् ।


क्लिकमान्डु