कोरोनाका कारण सुर्खेतमा एकजनाको मृत्यु, कूल संख्या ११ पुग्यो
काठमाडौं । कोरोनाका कारण सुर्खेतमा एकजना २० वर्षे युवाको मृत्यु भएको छ । क्वारेन्टिनमा बस्दा आरडीटी परीक्षणमा नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमा गएका थिए ।
तर घर पुगेपछि उनको मृत्यु भएको थियो । उनको जेठ २२ गते राति २:१५ मा मृत्यु भएको थियो । त्यसपछि नमूना संकलन गरी गरिएको पीसीआर परीक्षणमा पोजिटिभ देखिएको सुर्खेतस्थित स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
योसँगे कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।