कांग्रेस सांसद् रिजालको प्रश्नः एमसीसी पास भएन भने कसरी प्रशारण लाइन बनाउने ?



काठमाडौं ।  प्रतिनिधिसभाको बैठकमा डा. रिजालले सरकारलाई खर्च गर्ने अधिकार दिने विषयमा अनुसुचि १० मा मिलिनियम च्यालेन्ज ग्रान्ड यो वर्ष पनि रहेको र गत वर्ष पनि रहेको भन्दै त्यो अनुदान आएपनि नआएपनि प्रशारण लाइन बनाउने भनेको स्मरण गराए ।

‘आएपनि, नआएपनि प्रशारण लाइन बनाउने हो भने त्यो पैसा काटने कहाँबाट हो ? त्यो भन्दा बढी अनुदान आउने ठाँउ छैन, ऋण पनि यति नै उठाउँछौ भनेको छौं । संसदले जे गर्यो त्यही हुन्छ भनेको छ । संसदले नल्याउने निर्णय गर्यो भने ५ अर्ब ७२ करोड ७२ लाख रुपैयाँको आयोजना काटनु पर्यो भने कुन काट्ने, वा आन्तरिक ऋण लिने हो वा विदेशबाट ऋण लिने, काटने नै हो भने कहाँबाट काटने हो त्यो पनि बनाउनु ?’

यतिकै अर्थमन्त्री उम्कन नपाउने दाबी गरे । ‘तपाइको पार्टीमा यो बहस व्यवस्थापन गर्न नसकेर, तपाईको पार्टीको राजनीति बहसलाई हामीले व्यहोर्नुपर्ने ? यो बहसलाई राजनीतिक व्यवस्थापन गर्न नसक्ने अनी संसदमा ल्याउने, अनी त्यो पैसा कहाँबाट ल्याउने थाहा नपाई हामीले पास गर्नुपर्ने ?’ भन्दै उनले प्रश्न गरे । सत्तारुढ पार्टी एकताबद्ध भएर आउन पनि सुझाव दिएको छन् ।

उनले लप्सिफेदेदेखी बुटवलसम्मको आयोजना कसरी बनाउन सकिन्छ ? भन्दै प्रश्न गरेका छन् ।


क्लिकमान्डु