रक्सी र चुरोट खानेप्रति कठोर देखिएका अर्थमन्त्री यसपटक नरम, कतिले बढ्ला मूल्य

6.4k
Shares

काठमाडौं । सरकारले रक्सी, चुरोट र गुट्खालगायतमा कर वृद्धि गरेको छ । स्वास्थ्यलाई हानी गर्ने यी वस्तुमा लाग्ने कर सामान्य वृद्धि गरेको छ । र, यो आजका मितिदेखि लागू हुनेछ ।

वाइन वा ब्राण्डि, ह्विस्की, रम, भोड्कामा प्रयोग हुने कच्चा पदार्थका रुपमा प्रयोग हुने सबै प्रकारका मादक द्रबहरु (स्प्रिट) समेतमा प्रतिलिटर १२ सय रुपैयाँ भन्सार शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर प्रतिलिटर १५ सय बनाइएको छ ।

त्यस्तै, जर्दा खैनी, नस, र गुट्खा र निकोटिनयुक्त पान मसलाहरुमा तथा सुश्री मिश्रित तयारी वस्तुको अन्तशुल्क ६१० रुपैयाँबाट बढाएर ६५० पुर्याइएको छ । त्यस्तै हुक्का फ्लेवरमा प्रतिकेजी १ हजार रुपैयाँ अन्तशुल्क कायम गरिएको छ ।

Skip This