नयाँ थपिएका १५६ संक्रमितमध्ये कुन जिल्लामा कति ?



काठमाडौ । बिहीबार नयाँ कोरोना संक्रमितको संख्या १५६ थपिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ जनाको मृत्यु भएको छ भने २२२ जना उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार धरानस्थित बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका २ जनामा कोरोना पुष्टि भएको हो । त्यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, भरतपुर अस्प्तालमा गरिएको परीक्षणमा नवलपुरका १ जनामा कोरोना भेटिएको छ । भने काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७७मा कोरोना देखिएको छ । उनीहरु धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहका ६ जना, दोलखाका २ जना, सोलुखुम्बुका १ जना छन् ।

त्यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा २३ जना देखिएको छन् । उनीहरु बझाङका १ जना, सुर्खेतका १४ जना, दैलेखका ८ जना छन् । त्यसैगरी गण्डकी अस्पतालमा गरिएको परीक्षणमा स्याङजाका ३ जनामा कोरोना देखिएको हो भने सेती प्रादेशिक अस्पतालमा गरिएको परीषणमा दार्चुलाका १ र कैलालीका २ जना गरी ३ जनामा कोरोना भेटिएको हो ।

त्यसैगरी किटजन्य प्रयोगशाला हेटौडाका १ जनामा कोरोना देखिएको छ भने भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका ३ जना, नेपालगञ्ज बाँकेका १ जना गरी ४ जनामा कोरोना भेटिएको छ । साथै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना भेटिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६० हजार ६९६ वटा पीसीआर परीक्षण गरिएको छ भने आरडीटी परीक्षण १९ हजार २३४ पुगेको छ । हालसम्म ८७ हजार ५७ जना क्वारेन्टिनमा छन् ।


क्लिकमान्डु