थप ९० जना नयाँ संक्रमित भेटिए, कुल संख्या ७७२ पुग्यो
काठमाडौ । नेपालमा कोरोना भाइरसबाट थप ९० जना संक्रमित थपिएका छन् ।
स्वास्थ मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना, जनस्वास्थ्य प्रयोगशालामा भैरहवामा गरिएको परीक्षणमा ७, सुर्खेतमा गरिएको परीक्षणमा १२ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा १ जना पुष्टि भएको हो ।
त्यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २ जना र पोखरा अञ्चल अस्पतालमा गरिएको परीक्षणमा २ जना र नेपालगन्जमा गरिएको परीक्षणमा ७ जना गरी जम्मा ९० जना संक्रमित थपिएका हुन् ।
योसँगै कुल संक्रमितको संख्या ७७२ जना पुगेको छ । हालसम्म ४ जनाको मृत्यु भइसकेको छ भने १५५ जना उपचारपछि निको भएको छन् ।