समयमै लकडाउन भएकाले महामारीबाट हुन सक्ने क्षति जोगिएको छः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन समयमै भएकाले महामारीबाट हुन सक्ने क्षति जोगाएको बताएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगामी दिन चुनौतीपूर्ण हुने समेत बताए । उनले कोरोनाको जोखिम कम गर्नका लागि राज्यलाई अझ चुस्त हुनुपर्ने भएको छ ।

उनले परीक्षणको दायरा बढाइएको भन्दै छिटोभन्दा छिटो अझ तीव्र बनाइएको छ । उनले प्रदेशमा कम्तीमा २ प्रतिशतको परीक्षण गर्ने गरी काम गरिएको बताए ।

मानिसका लागि जीवन पहिलो कुरा हो । रोग वा भोग केहीबाट पनि जोगाउनका लागि सरकार प्रयत्न छ । आजसम्म जनताबाट प्राप्त सहयोगका लागि सरकार आभारी छ । अहिले विदेशबाट घर फर्कने नेपालीको संख्या ठूलो छ । ती देशका सरकार प्रमुखसँग मैले सम्पर्क पनि गरेको छु । उहाँहरुले सहयोग गर्ने बताउनु भएको छ ।


क्लिकमान्डु