२५ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ४२७ पुग्यो



काठमाडौं । कोरोना संक्रमितको संख्या २५ जना थपिएको छ । स्वास्थ्य मन्त्रालयले २५ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । बुधबार थपिएका संक्रमित ३ देखि ४८ वर्षसम्मका रहेका छन् ।बुधबार थपिएका संक्रमित ७ जना महिला र १८ जना पुरुष रहेका छन् ।

थपिएका संक्रमित बाँके ११, धनकुटामा ५ जना नयाँ रहेका छन् । नवलपरासी पश्चिममा १ जना र कपिलवस्तुमा १३ जना रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । निको हुनेको संख्या ४५ छ भने २ जनाको मृत्यु कोरोनाको कारणबाट भएको छ ।


क्लिकमान्डु