सेञ्चुरी कमर्सियल बैंकको मोबाइल बैंकिङ्ग स्तरोन्नती

336
Shares

काडमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘एफवान सफ्ट इन्टरनेशनल’ सँग बैंकको मोबाइल बैंकिङ्ग स्तरोन्नतिको सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकको ‘सेञ्चुरी पे’ मोबाइल बैंकिङ्ग एप डाउनलोड गर्न सकिनेछ ।

‘सेञ्चुरी पे’ मार्फत ग्राहकवर्गले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाख भन्दा बढी मर्चेन्टमा क्यूआर कोड भुक्तानी गर्न सकिनेछ ।

यसैगरी सेञ्चुरी पे मा आफ्नो मोबाइल मार्फत आफै मोबाइल बैंकिङ्ग एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ ।