एनआईएशिया बैंकमा अनलाईन खाता खोलेर पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५ सय फिर्ता



काठमाडौं । एन आई सी एशिया बैंकले अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५ सय रुपैयाँसम्म रकम फिर्ता दिने भएको छ ।

बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्नेछन् । खाता खोलिसकेपछि पाएको खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्नेछन् ।

अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको जनाएको छ । जसले गर्दा ग्राहकलाई वार्षिक १४ हजार रुपैयाँ फाइदा हुनेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ ।

मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले ५ सय रुपैयाँसम्म रकम फिर्ता पाउन सक्नेछन् । यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४ हजार रुपैयाँ सम्मको रकम फिर्ता पाउन सक्नेछन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ ।

उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा त्तच् सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

ग्राहक विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने जनाएको छ । जसको लागि ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेकाे बैंकले जनाएकाे छ ।


क्लिकमान्डु