टेलिकम कम्पनीलाई सञ्चारमन्त्रीले भने- डाटामा प्रतिष्पर्धा गर्नुहोस्



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई गुणस्तरीय सेवा दिन सूझाव दिएका छन् । दुरसञ्चार प्राधिकरणको २२औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. खतिवडाले यस्तो बताएका हुन् ।

विश्वमा नै दुरसञ्चार सेवा निकै प्रतिस्पर्धी भएको भन्दै नेपालमा पनि प्रतिस्पर्धी रुपमा सेवा दिन आवश्यक रहेको बताए । उनले अहिले फोनमा कुराभन्दा पनि डाटा प्रयोगकर्ता बढेको भन्दै उनीहरुले सेकेन्डको भरमा प्रवभाकारी रुपमा सेवा दिन आग्रह गरे ।

अब कम्पनीहरुले डाटामा पनि प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए । वित्तीय काम गर्नेदेखि सबैलाई सेकेन्डको भरमा नै डाटा चाहिने भएकोले यसमा पनि प्रतिस्पर्धा गर्न नसकेको खण्डमा समस्या हुने उनको भनाइ छ ।

पहिला हेलो गर्दा पनि पैसा लाग्ने भएपनि अहिले उपभोक्ता सार्वभौम भएकाले उनीहरुलाई सन्तुष्ट नबनाएको खण्डमा अघि बढन नसक्ने खतिवडाको भनाइ छ । यसअघि दुरसञ्चार कम्पनीहरुको नाफाको ग्राफ सिधै माथी जाने गरेको भएपनि अब तेस्रो तेस्रो लाग्ने गरेको भन्दै यो बेला प्रतिस्पर्धा गर्न नसकेको खण्डमा समस्या देखिने मन्त्रीको तर्क छ ।

प्राधिकणले अहिले तोक लगाएको भरमा फ्रिक्वेन्सी वितरणको कार्यमा रोक लगाएको भन्दै आगामी दिनमा पनि कुनै दबाब, अभाव र प्रभावको भरमा फ्रिक्वेन्सी दिने काम रोक्न आग्रह गरेका छन् । उनले मुख हेरेर सेवा दिने दिन अब नरहेको पनि जानकारी गराए ।

अहिले लाइसेन्स लिएर होल्ड गर्ने, राम्रो काम गर्दा पनि अदालतमा जाने प्रचलन बढेको भन्दै आगामी दिनमा यस्ता कामको अन्त्य हुने गरी काम गर्न अवाश्यक रहेको बताए । कार्यक्रममा मन्त्री डा. खतिवडाले विश्व नै डिजिटल इकोनोमीतर्फ अघि बढेको भन्दै त्यसैलाई आत्मसाथ गर्दै कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा पनि प्रविधिलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।

सोही कार्यक्रममा मन्त्री खतिवडाले २ वटा एपको लञ्च गरेका छन् । मन्त्री खतिवडाले कल टेस्ट र स्पिड टेस्ट एपको लञ्च गरेका हुन् । कल टेस्ट एपले मोबाइल फोनको गुणस्तर मापन गर्ने,सेवा प्रभावकारी नभए त्यहि प्रतिक्रिया जनाउन मिल्ने छ ।

यस्तै स्पिड टेस्ट एपले तपाईंले चलाएको डाटा कतिको स्पिड छ भनेर थाहा पाउन सकिने छ । यी दुवै एप केहि दिनमा नै प्ले र एप स्टोरमा आउने छ । अब ग्राहकले यी नै एपबाट गुणस्तरीयताको जाँच्न सक्नेछन् ।


क्लिकमान्डु