सेयर बजारकाे तिब्र उतारचढावले लगानीकर्तामा अन्योल, परिसूचक मनोवैज्ञानिक १६ सय बिन्दुबाट फर्कियो (अपडेट)



काठमाडौं । बिहीबारको कारोबारमा सेयर बजार बढेर १६१० बिन्दुमा पुगेको थियो । पुन बजार २२.७२ अंकले घटेर १५७३ बिन्दुमा रोकिएको छ ।

कारोबारको सुरु देखि नै बजारमा ठूलो मात्रामा उतारचढाव हुँदा लगानीकर्तामा निकै अन्योलता देखिएको छ ।

लगानीकर्ताको १६ सय को मनोवैज्ञानिक बिन्दु पार गरे पनि बजार पुन फर्केको छ । यो समाचार तयार पार्दासम्म सबै समूहको उपसूचकमा गिरावट देखिएको छ ।


क्लिकमान्डु