सनराइज बैंकले ल्यायो २४ घण्टामै कर्जा दिन सरल एसएमई योजना



काठमाडौं । सनराइज बैंकले साना व्यवसायीलाई सहज ढंगले कर्जा उपलब्ध गराउने उद्देश्यले ‘सन्राइज सरल एसएमई कर्जा’ सञ्चालनमा ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै कर्जा पाउनेछन् ।

यस व्यवस्था अन्र्तगत ग्राहकले १ करोड रुपैयाँसम्मको कर्जा सहुलियत ब्याजदरमा प्राप्त गर्न सक्नेछन् ।

यस्तै बैंकले कर्जाका लागि प्रचलित धितो आवश्यकताका लागि समेत केही छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।

साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको लागि विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १३० शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।


क्लिकमान्डु