संचारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिए, सभामुखले दिए जानकारी
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका छन् ।
बुधबार पहिलो पटक हाम्राकुराडटकमले संचारमन्त्रीले कमिसनको रुपमा मागेको अडियोको समाचार सार्वजनिक गरेको थियो । प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले संचारमन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी दिए ।
संचारमन्त्रीको तर्फबाट भने राजीनामाको कुरा आधिकारिक जानकारी आएको छैन । प्रतिनिधिसभाको बैठकमा नै सभामुखले राजीनामा दिएको जानकारी दिदै औपचारिक रुपमा केहीबेरमा आउने बताएका हुन् ।