राष्ट्रियस्तरका विकास बैंकको पुस महिनासम्मको नाफा ३ अर्ब बढी, मुक्तिनाथ पहिलो नम्बरमा
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरु पनि वाणिज्य बैंकहरु भन्दा बढी नाफा कमाएका छन् । सञ्चालनमा रहेका राष्ट्रिय स्तरका चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ वटा विकास बैंकहरुले ३ अर्ब २ लाख रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा यी बैंकहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२८ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएका हुन् ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकले २ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका थिए भने उक्त नाफा चालु आर्थिक वर्षको सोहि अवधिमा ४० करोड १० लाख रुपैयाँले बढाएर ३ अर्ब २ करोड ४७ लाख ४६ हजार रुपैयाँ पुर्याएका हुन् ।
जसमा १ वटा विकास बैंकले ४० करोड रुपैयाँ बढी, ४ वटा विकास बैंकले ३० करोड रुपैयाँभन्दा बढी, ३ वटा विकास बैंकले २० करोड रुपैयाँ बढी र ३ वटा विकास बैंकले १० करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । ४० करोड रुपैयाँ नाफा कटाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । भने ३० करोड रुपैयाँभन्दा बढी नाफा कमाउने बैंकमा गरिमा विकास बैंक, कैलाश विकास बैंक, महालक्ष्मी विकास बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् ।
यस्तै, गत आवकोे पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा २० करोड रुपैयाँभन्दा बढी नाफा कमाउने ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र गण्डकी विकास बैंक हुन् । सो अवधिमा १० करोड रुपैयाँ नाफा कटाउने बैंकमा सांग्रिला डेभलपमेन्ट बैंक, देव विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।
यी बैंकहरुले सार्वजनिक गरेका चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकको र सबैभन्दा कम नाफा कामना सेवा विकास बैंकको छ । गण्डकी विकास बैंक र देव विकास बैंकले भने गत आर्थिक वर्षको दोस्रोे त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा नाफा घटाएको छ ।
मुक्तिनाथ विकास बैंक
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दोस्रोे त्रैमासको वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका ११ वटा विकास बैंकहरुमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले चालु आवको दोस्रोे त्रैमासमा गत आवको सोही अवधिमा भन्दा ९.९३ प्रतिशतले नाफामा वृद्धि गर्दै ४७ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो । गत आवको सोहि अवधिमा बैंकले ४२ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गरिमा विकास बैंक
चालु आवको दोस्रोे त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुमा गरिमा विकास बैंक बढी नाफा कमाउने बैंकको दोस्रो नम्बरमा सुचीकृत भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा २९ करोड ५८ लाख रुपैयाँ कमाएको बैंकले चालु आवको सोही अवधिमा नाफामा १०.०२ प्रतिशतले वृद्धि गरी ३२ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । सो अवधिमा बैंकले २ करोड ९६ लाख रुपैयाँ बढी नाफा कमाएको हो ।
कैलाश विकास बैंक
चालु आवको पुस मसान्तसम्म बढी नाफा कमाउने विकास बैंकको सुचीको तेस्रो नम्बरमा कैलाश विकास बैंक रहेको छ । बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७.१७ प्रतिशतले नाफामा वृद्धि गर्दै ३१ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको हो । गत आवको दोस्रो त्रैमासमा बैंकले २९ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । जसमा बैंकले चालु आवको पुस मसान्तमा २ करोड ११ लाख रुपैयाँ नाफा बढाएको हो ।
महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले गत आवको भन्दा ५४.३५ प्रतिशतले नाफा बढाएको छ । गत आवको दोस्रोे त्रैमासमा १९ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको बैंकले उक्त नाफा १० करोड ७४ लाख रुपैयाँले बढाएर चालु आवको सोही अवधिमा ३० करोड ५० लाख ७९ रुपैयाँ कमाएको हो ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक
चालु आवको दोस्रो त्रैमासबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा स्थापित भएको साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले नाफामा अन्य ६ वटा पुराना राष्ट्रियस्तरका विकास बैंकलाई पछि पारेको छ । बैंकले चालु आवको पुस मसान्तमा नाफामा ५१.१२ प्रतिशतले वृद्धि गरेको छ । गत आवको पुस मसान्तमा १९ करोड ९० लाख रुपैयाँ नाफामा १० करोड १७ लाख रुपैयाँ थप गरी चालु आवको सोही अवधिमा ३० करोड ७ लाख रुपैयाँ नाफा कमाउन बैंक सफल भएको हो ।
ज्योति विकास बैंक
गत आवको दोस्रो त्रैमासमा १७ करोड ४ लाख ४७ हजार रुपैयाँ नाफा गरेको ज्योति विकास बैंकले चालु आवको सोही अवधिमा नाफामा ६४.७६ प्रतिशत वृद्धि गरेको छ । बैंकले गत आवको पुस मसान्तमा आर्जन गरेको नाफामा ११ करोड ३ लाख ८६ हजार रुपैयाँले बढाएर २८ करोड ८ लाख ३४ हजार रुपैया नाफा कमाउन सफल भएको छ ।
लुम्बिनी विकास बैंक
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ करोड ३ लाख ९४ हजार रुपैयाँ नाफा गरेको लुम्बिनी विकास बैंकले चालु आव सोही अवधिमा ०.७० प्रतिशतले नाफामा वृद्धि गरी २५ करोड २१ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको दोस्रो त्रैमासमा भन्दा समीक्षा अवधिममा १७ लाख रुपैयाँ नाफा बढाएको हो ।
गण्डकी विकास बैंक
राष्ट्रिय स्तरका विकास बैंकहरुमा गण्डकी विकास बैंकले चालु आवको पहिलो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा ६.६७ प्रतिशतले नाफा घटाएको छ । गत आवको सोही अवधिमा २६ करोड २५ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको बैंकले १ करोड ७५ लाख ३२ हजार रुपैयाँले नाफा घटाएर चालु आवको पुस मसान्तमा २४ करोड ५० लाख ३७ हजार रुपैयाँमा सीमित गरेको हो ।
सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासमा १९ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको पुस मसान्तको नाफामा चालु आवको सोही अवधिमा ०.१४ प्रतिशतले अर्थात २ लाख ७० हजार रुपैयाँले बढाएको हो । गत आवको सोही अवधिमा बैंकले १९ करोड ४५ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
देव विकास बैंक
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा देव विकास बैंकले चालु आवको सोही अवधिमा नाफा ३.५० प्रतिशतले घटाएको छ । गत आवको पसु मसान्तमा १३ करोड ८१ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा ६८ लाख १६ हजार रुपैयाँ नाफा घटाएर १८ करोड ७७ लाख ७६ हजार रुपैयाँमा नाफा सीमित गरेको छ ।
कामना सेवा विकास बैंक
राष्ट्रियस्तरका विकास बैंकहरुमा सबैभन्दा कम नाफा आर्जन गर्ने कामना सेवा विकास बैंक हो । बैंकले गत आवको दोस्रो त्रैमासमा १३ करोड ८१ लाख ६३ हजार रुपैयाँ नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा नाफा ७.४९ प्रतिशतले वृद्धि गरी १४ करोड ८५ लाख १९ हजार रुपैयाँ पुर्याएको हो । एक वर्षको अवधिमा उक्त नाफामा बैंकले १ करोड ३ लाख ५५ हजार रुपैयाँ थप गरेको हो । नाफा कम भएपनि निक्षेप भने बैंकले अघिल्लो वर्षको भन्दा करिब दोब्बरले बढाएको छ ।
Bank Name | Profit2076/77/paosh | Profit2075/76/paosh | growth |
Muktinatha Bikash Bank | 472512057 | 429809153 | 9.935317501 |
Garima Bikash Bank | 325535133 | 295869779 | 10.02649007 |
Kailash Bikash Bank | 315141814 | 294036353 | 7.177840694 |
Mahalaxmi Bikash Bank | 305079448 | 197646240 | 54.35631257 |
Shine Resunga Dev Bank | 300794600 | 199034385 | 51.12695226 |
Joyti Bikash Bank | 280834638 | 170447958 | 64.76268844 |
Lumbini Bikash bank | 252148130 | 250394575 | 0.70031669 |
Gandaki Bikash Bank | 245037260 | 262569936 | -6.677335672 |
Sangrila Development Bank | 191367476.7 | 191097063.4 | 0.141505712 |
Deva Bikash Bank | 187776860 | 194593139 | -3.502836243 |
Kamana Sewa Bikash Bank | 148519254 | 138163524 | 7.495270604 |