राष्ट्र बैकमा बढुवाको लहर, कुन विभागमा कस्को बढुवा



काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ जना निर्देशकलाई बढुवा गरेको छ । बैंकको संचालक समितिले ४ जना निर्देशकलाई कायम मुकायम (कामु) कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

यसरी बढुवा हुनेहरुमा बैंक सुपरिवेक्षण विभागका निर्देशक रहेका ब्रिस्तुत थापालाई मुद्रा व्यवस्थापन विभागमा कामु कार्यकारी निर्देशकमा बढुवा भएका छन् । सो विभागमा यस अघि लक्ष्मी प्रपन्न निरौला विभागिय प्रमुख रहेका थिए । उनको अवकासपछि विभागिय प्रमुखको पद खाली रहेको थियो ।

यस्तै, संस्थागत योजना विभागको कामु कार्यकारी निर्देशककमा राम बहादुर मानन्धरको बढुवा भएको छ । मानन्धर यसअघि विकास बैंक सुपरिवेक्षण विभागको निर्देशकमा कार्यरत थिए । यसअघि सो विभागिय प्रमुखमा महेश्वरलाल श्रेष्ठ थिए । उनको अवकास भएपछि सो पद रिक्त रहेको थियो ।

थापा र मानन्धरले आजैबाट बढुवा भएको विभागमा कामुको कार्यभार सम्हाल्ने राष्ट्रबैंकका कार्यकारी निर्देशक तथा मानव संशाधन विभागका प्रमुख पिताम्बर भण्डारीले क्लिकमाण्डूलाई बताए ।

‘सञ्चालक समितिले आजैबाट कार्यभार सम्हालने गरी मंगलबार उहाँहरलाई कामु कार्यकारी निर्देशक नियुक्त गरेको हो’ उनले भने ‘कामु कति दिनसम्म रहने भन्ने निश्चित हुदैन्, उहाँहरुलाई बरियताको आधारमा बढुवा गरिएको हुँदा दक्षता, अनुभवको आधारमा कार्यकारी निर्देशक अरु नियुक्त हुनसम्ने सम्भावना पनि हुन्छ ।’ पदपुर्ति समितिले रिक्त रहेको पदमा ३ जनासम्म सिफारिस गर्नु पर्ने हुदाँ कार्यकारी निर्देशकको पदमा हाल कामुमा बढुवा भइसकेका बाहेक पनि अरु निर्देशक बढुवा हुनसक्ने सम्भावना रहेको उनको भनाई छ ।

यसअघि राष्ट्र बैंक सञ्चालक समितिले वित्त कम्पनी सुपरिवेक्षण विभागमा रामु पौडेललाई कामु कार्यकारी निर्देशकमा बढुवा गरेको थियो । उनी हाल सो विभागमा कामु कार्यकारी निदेशक भएर विभागिय प्रमुखको पदभार सम्हालिरहेका छन् । भने सो पदभार यसअघि सुनिल उदासले सम्हालिरहेका थिए । उनको अवकास पछि रिक्त रहेको पदमा रामु पौडेल कामु कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । साथै भुक्तानी प्रणाली विभागमा माघ १३ गतेदेखी भुक्तानी प्रणाली विभागमा रेवती प्रसाद नेपाल कार्यकारी निर्देशकमा बढुवा भइसकेका छन् ।


क्लिकमान्डु