बैंकर्स संघका अध्यक्ष दाहालले भनेः कृषि विकास बैंकबाट ऋण लिएर कुनैबेला हामीले भैंसी पालेका थियौं



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले आफ्नो परिवारले कृषि विकास बैंकबाट ऋण लिएर भैसी पालेको स्मरण गरेका छन् ।

संघका अध्यक्ष दाहालले कृषि विकास बैंकको ५३औ वार्षिक उत्सव समारोहमा आफ्नो मन्तव्य राख्दै कृषि विकास बैंकबाट कर्जा लिएर आर्थिक उपार्जनको शुरुवात गरेको बताएका हुन् ।

‘म किसानको छोरा हुँ र हामीले कृषि विकास बैंकबाट ऋण लिएर भैसी किनेका थियौ,’ उनले भने ‘किसानको उत्थान गर्ने कृषि विकास बैंकले मेरो जीवनमा महत्वपूर्ण भूमिका खेलेको छ ।’

साना किसान तथा साना कर्जा लगानीमा मात्र नभएर अब बैंकले ठूला परियोजनामा पनि लगानी बढाउन उनले सुझाव दिए ।

सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई हासिल गर्न बैंकर्स संघले छुट्टै समिति गठन गरी कृषि क्षेत्रमा लगानी बढाउन योजना तथा कार्यक्रमहरु बनाई रहेको उनले जानकारी दिए । संघले कृषि क्षेत्रको विकासका लागि लगानी गरिरहेको कृषि विकास बैंकलाई सो समितिको नेतृत्व गर्न दिएको र कृषि विकास बैंकले त्यसमा राम्रो अध्ययान गरी दिगो आर्थिक विकासका लागी कृषि क्षेत्रमा बैंकहरुलाई लगानी गर्न सहयोग गर्ने बताए ।


क्लिकमान्डु