नेपाल-भारत पारवहन सन्धीका लागि वार्ता टोली गठन



काठमाडौं । सरकारले नेपाल–भारतबीच पारवहन सन्धी सम्बन्धित वार्ताका लागि १० सदस्यीय वार्ता टोली गठन गर्ने भएको छ ।

नेपाल– भारत पारवहन सन्धि पुनरावलोकन सम्बन्धि सह–सचिव स्तरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारले भूमि सम्बन्धि एकीकृत विधयेक तर्जुमा गर्न सैद्द ान्तिक स्वीकृति समेत दिएको जानकारी दिए ।


क्लिकमान्डु