स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’ भोलि, नि:शुल्क प्रवेश पाइने   

28
Shares

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड  कम्पनीले नेपालका युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई एउटै  मंचमा जोड्ने उद्देश्यसहित ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम  शनिबार टोखास्थित स्केटर्स नेपालमा आयोजना हुनेछ । 

‘पल्सर आरपीएम’ जस्ता प्लेटफर्ममार्फत नेपाली युवासँग अझ बलियो सम्बन्ध निर्माण गर्ने  उद्देश्यका साथ ब्रान्डले मोटरसाइकलभन्दा बाहिर गएर संगीत, फ्रिस्टाइल खेल, सिर्जनात्मक  तथा सहरीका युवा संस्कृतिमा आधारित अनुभव प्रदान गर्दै आएको कम्पनीले जनाएकाे छ । 

कार्यक्रममा स्टन्ट शो तथा बीएमएक्स प्रदर्शन, स्केट तथा  बी–बोय प्रस्तुति, ग्राफिटी आर्टका आकर्षक गतिविधिका साथै र्‍याप तथा डीजे सेसन पनि  समावेश गरिनेछ, जसले युवापुस्तालाई मनोरञ्जन र ऊर्जा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यस्तै ‘राइड, पावर, मोसन’ को भावनालाई केन्द्रमा राखेर आयोजना गरिने ‘पल्सर आरपीएम’ ले  आजको पुस्ताको ऊर्जा, उत्साह र आत्मअभिव्यक्तिलाई उत्सवका रूपमा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । 

कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने यस  कार्यक्रममा काठमाडौंभरिका राइडर, स्केटर, नृत्य, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेख्य  सहभागिता रहने कम्पनीले जनाएको छ ।