
काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (आरएसी) श्रृंखला सार्वजनिक गरेको छ ।
नयाँ डुअलकुल एयर कन्डिसनरमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि प्रस्तुत गरेको छ, जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको हो ।
उक्त उत्पादनहरूको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निरवान चौधरीद्वारा गरिएको थियो । यसले नेपालमा विश्वसनीय तथा नवप्रवर्तनयुक्त घरेलु उपकरण उपलब्ध गराउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ ।
नयाँ श्रृंखलाको मुख्य आकर्षणनै एलजीको ‘किलोवाट म्यानेजर’ हो, जुन ऊर्जा बचत गर्ने स्मार्ट सुविधा हो र यसले प्रयोगकर्तालाई विद्युत् खपत अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुर्याउँछ ।
ऊर्जा लागत तथा विद्युत् शुल्क बढ्दै गइरहेको अवस्थामा नेपाली घरपरिवारले अनुमानयोग्य तथा प्रभावकारी समाधान खोजिरहेका छन् ।
साधारण सेटअपमार्फत उपभोक्ताले आफूले चाहेको विद्युत् खपत सीमा र सञ्चालन अवधि निर्धारण गर्न सक्ने कम्पनीले जनाएको छ । यस्तै एलजी थिनक्यु कनेक्टिभिटीमार्फत वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न, असामान्य वा अत्यधिक विद्युत् उपयोगबारे सूचना प्राप्त गर्न र प्रयोग शैली तथा प्राथमिकताअनुसार स्वचालित ऊर्जा बचत अनुकूलनको लाभ लिन सक्नेछन् ।
यस प्रणालीले पूर्वनिर्धारित विद्युत् उपयोग सीमाभित्र रहँदै आरामदायी शीतलता कायम गर्न एयर कन्डिसनरको कार्यक्षमता बुद्धिमत्तापूर्वक समायोजन गर्छ, जसले अनपेक्षित विद्युत् बिल वृद्धिबिना स्मार्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एयर कन्डिसनरको भित्री वातावरणमा धुलो तथा ब्याक्टेरिया जम्मा हुने भएकाले स्वच्छ हावा प्रवाहबारे चिन्ता रहन सक्छ ।
एलजीको ‘फ्रिज क्लिन’ प्रविधिले इभापोरेटरमा जम्मा भएका अशुद्धिहरू वरिपरि बरफको तह बनाउने कम्पनीले जनाएको छ ।
बरफ पग्लिने क्रममा ती कणहरू ड्रेनेजमार्फत बाहिर निकालिन्छन्, जसले उपकरणको भित्री भाग सफा राख्न सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।
‘फ्रिज क्लिन’ सुविधाले इभापोरेटरमा रहेका अवशिष्ट ब्याक्टेरियामध्ये ९९.०% सम्म हटाउन सक्षम रहेको परीक्षणले देखाएको कम्पनीले उल्लेख गरेको छ ।
नेपाली वातावरण र विद्युत् अवस्थालाई ध्यानमा राखेर नयाँ मोडेलहरूमा अतिरिक्त सुरक्षा प्रदान गर्ने गोल्ड फिन+ एन्टि–कोरोसन कोटिङ, राम्रो ताप स्थानान्तरण र दीर्घकालीन टिकाउपनका लागि १००% कपर ट्युब र नेपालमा सामान्य रूपमा हुने भोल्टेज उतारचढावका बीच पनि भरपर्दो सञ्चालन सुनिश्चित गर्ने स्टेबलाइजर–फ्री अपरेसन सुविधा रहेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागको महाप्रबन्धक, गौरव हमालले एलजीको नयाँ किलोवाट म्यानेजर प्रविधिले उपभोक्तालाई आफ्नो विद्युत् खपत र घरेलु खर्चमा अझ प्रभावकारी नियन्त्रण गर्ने बताए । उनले भने,‘ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा, यो नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने हाम्रो विश्वास छ ।’





प्रतिक्रिया