गरिमा क्यापिटलका कर्मचारीलाई एएमएल–सीएफटी सम्बन्धी प्रशिक्षण

0
Shares

काठमाडौं । गरिमा क्यापिटलले कर्मचारीहरूका लागि एक दिवसीय बृहत् अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

गरिमा क्यापिटल लिमिटेड र सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रको विशेषज्ञ परामर्शदाता संस्था एएमएल नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

शुक्रबार सम्पन्न प्रशिक्षण कार्यक्रम पूँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ्दै गएको वित्तीय जोखिमलाई न्यूनीकरण गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी मापदण्डहरुको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको क्यापिटलले जनाएको छ ।

प्रशिक्षणमा नेपालको प्रचलित सम्पत्ति शुद्घीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशिका, शंकास्पद कारोबार पहिचान गर्ने तरिका र संस्थागत सुशासनका विविध पक्षमा केन्द्रित रही प्रशिक्षण गरिएको थियो ।

एएमएल नेपालका वरिष्ठ अनुपालन विज्ञहरूले उक्त ऐनका कानूनी व्यवस्थाहरु, ग्राहक पहिचान सम्बन्धी नियम र ऐन उल्लंघन गर्दा हुने कानूनी कारबाहीका प्रावधानहरू सहित वास्तविक घटना र प्रयोगात्मक अभ्यासहरुको माध्यमबाट सहभागी कर्मचारीहरुलाई वित्तीय अपराध नियन्त्रणका व्यावहारिक उपायहरू बारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा कर्मचारीहरुले दैनिक कार्यसञ्चालनका क्रममा आउने व्यावहारिक चुनौतीहरु र तिनको कानूनी तथा प्राविधिक समाधानका विषयमा आफ्ना जिज्ञासाहरु राख्दै समाधान गर्ने उपायका बारेमा छलफल गरेका थिए ।