बढ्दो गर्मीमा राहत दिन ब्ल्याक+डेकरका अत्याधुनिक जुसर र ब्लेन्डर नेपाली बजारमा

21
Shares

काठमाडौँ । सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक+डेकरले अत्याधुनिक जुसर र ब्लेन्डरहरू नेपाली बजारमा ल्याएको छ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुसका कारण दैनिक कामकाज गर्न र बाहिर निस्कन कठिन भइरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै नयाँ जुसर र ब्लेन्डर बजारमा ल्याएको हो ।

यस्तो अत्याधिक गर्मीमा शरीरलाई डिहाइड्रेशनबाट बचाउन र ऊर्जावान् राख्न ताजा झोलिलो पदार्थको निरन्तर आवश्यकता पर्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी यी उपकरणहरू सार्वजनिक गरिएका हुन् ।

बजारमा पाइने कृत्रिम र अत्यधिक चिनीयुक्त पेय पदार्थको तुलनामा आफ्नै भान्सामा तयार पारिएको ताजा जुस सधैँ स्वास्थ्यवर्द्धक हुने र ग्राहकको दैनिक आवश्यकतालाई सहज एवं छिटो बनाउन ब्ल्याक+डेकरले यी प्रिमियम उपकरणहरू विशेष रूपमा डिजाइन गरेको छ ।

कम्पनीले बजारमा ल्याएका विभिन्न मोडलहरूमध्ये जेई८००-बी५ प्रिमियम जुसरमा ८०० वाटको शक्तिशाली मोटर जडान गरिएको छ, जसको ७५ एमएमको ठूलो फिडिङ ट्युबका कारण फलफूललाई साना टुक्रा नपारी सिधै जुस निकाल्न सकिन्छ ।

यसले भान्साको कामलाई निकै छिटो र सहज बनाउने कम्पनीको विश्वास छ । त्यस्तै, सक्रिय जीवनशैली भएका र फिटनेसमा रुचि राख्नेहरूका लागि ३०० वाटको एसबीएक्स३००-बी५ पर्सनल स्पोर्ट्स ब्लेन्डर ल्याइएको छ ।

यसमा रहेको ५०० एमएलको ट्राइटन स्पोर्ट्स बोतलमै स्मूदी बनाएर सिधै अफिस वा जिम लैजान सकिन्छ । पूरै परिवारका लागि उपयोगी ७०० वाटको बीएक्स६५०जी-बी५ मोडलको ब्लेन्डर पनि उपलब्ध छ, जसमा १.७ लिटरको सुरक्षित ग्लास जार रहेको छ र यसले एकै पटकमा धेरै परिमाणमा चिसो पेय पदार्थ तयार गर्न सक्दछ ।

नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले यी उपकरणहरू देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल र एलजी ब्रान्ड शप शोरुमहरू, विस्तृत आधिकारिक विक्रेता सञ्जाल र अनलाइन पोर्टलमार्फत सुलभ तरिकाले उपलब्ध गराएको जनाएको छ ।

ब्ल्याक+डेकरका यी उत्पादनहरूमा ग्राहकले २४ महिना अर्थात् २ वर्षको विस्तृत वारेन्टी प्राप्त गर्नेछन् । सिजी इलेक्ट्रोनिक्सको देशव्यापी सर्भिस नेटवर्कले बिक्री पछिको उत्कृष्ट सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

बढ्दो गर्मीको समयमा प्रशस्त पानी र ताजा जुस पिउनुका साथै आवश्यक स्वास्थ्य सतर्कता अपनाउन समेत सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण उपभोक्ताहरूलाई विशेष अनुरोध गरेको छ ।