सामसङको ‘सेभिङ डेज’ योजना सार्वजनिक, सामान किन्दा २३ प्रतिशतसम्म छुट पाइने

84
Shares


काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अत्यन्तै आकर्षक ‘सामसङ सेभिङ डेज’अफर सार्वजनिक गरेको छ ।

मे २१ देखि जुलाई १९ सम्म लागू हुने यस अभियानअन्तर्गत ग्राहकहरूले वाशिङ मेसिन र रेफ्रिजरेटरको खरिदमा उत्कृष्ट बचतका साथै सुलभ मासिक किस्ताको विकल्प प्राप्त गर्न सक्नेछन् ।

विशेषगरी गर्मी महिनामा घरका अत्यावश्यक उपकरणहरू अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले यो योजना ल्याएको हो, जसले गर्दा घरायसी बजेटमा धेरै भार नपर्ने कम्पनीको विश्वास छ ।

यस अफरअन्तर्गत ग्राहकहरूले छानिएका वाशिङ मेसिनहरूमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरहरूमा १७ प्रतिशतसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन् । वाशिङ मेसिनतर्फ एआई इकोबबल वासर ड्रायरमा २३ प्रतिशत, फ्रन्ट लोडमा २२ प्रतिशत र टप लोड मोडलहरूमा १२ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ ।

त्यस्तै, रेफ्रिजरेटरतर्फ डबल डोरमा १७ प्रतिशत, ५–इन–१ र सिंगल डोर मोडलमा १५ प्रतिशत तथा साइड-बाइ-साइड मोडलमा ११ प्रतिशतसम्म छुट दिइएको छ । यो योजनाले अत्याधुनिक प्रविधियुक्त सामसङका उपकरणहरू नेपाली उपभोक्ताको पहुँचमा अझ सहज बनाउने देखिएको छ ।

खरिद प्रक्रियालाई थप सरल बनाउन सामसङले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत ‘सामसङ इन्स्टा फाइनान्स’ सेवा पनि उपलब्ध गराएको छ ।

यस सेवामार्फत ग्राहकहरूले १२ देखि २४ महिनासम्मको विस्तारित ईएमआई योजनामा उपकरणहरू खरिद गर्न सक्नेछन् । जसमा वाशिङ मेसिनको मासिक किस्ता न्यूनतम १ हजार ३७० रुपैयाँ र रेफ्रिजरेटरको किस्ता न्यूनतम १ हजार ४०८ रुपैयाँबाट सुरू हुन्छ । न्यून मासिक किस्ताको यो सुविधाले मध्यम वर्गीय परिवारका लागि घरको बजेट व्यवस्थापन गर्न सजिलो बनाउनेछ ।

यसका साथै, पुराना उपकरणहरू साटफेर गर्न चाहने ग्राहकहरूका लागि पनि सामसङले विशेष व्यवस्था गरेको छ । इच्छुक ग्राहकहरूले ‘अर्कोस्टोर’ वा देशभरका आधिकारिक सामसङ रिटेल स्टोरहरू मार्फत आफ्ना पुराना उपकरणहरू साटेर नयाँ सामसङ होम अप्लायन्सहरू लिन सक्नेछन् । यो अफर र यसका शर्तहरूबारे विस्तृत जानकारीका लागि ग्राहकहरूलाई आफ्नो नजिकैको सामसङ स्टोरमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।