
एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङले ताइवान मुद्दालाई उचित रूपमा सम्बोधन नगरिएमा अमेरिका र चीनबीच द्वन्द्व हुन सक्ने चेतावनी दिएका छन् ।
सिन्ह्वाका अनुसार, ताइवानको प्रश्नलाई सावधानीपूर्वक व्यवस्थापन गर्न नसकेमा दुई देशबीच प्रत्यक्ष मुठभेड हुन सक्ने चेतावनी सीले दिएका हुन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बेइजिङमा सीसँग भेटघाट गरी उनीहरूको उच्चस्तरीय वार्ताअघि औपचारिक सैन्य गार्ड अफ अनर ग्रहण गरिरहेका बेला यी टिप्पणीहरू आएका हुन् ।
वर्तमान कूटनीतिक माहोलमा प्राचीन ग्रीसको सन्दर्भ आउला भन्ने अपेक्षा गरिएको थिएन तर बेइजिङमा ट्रम्पलाई स्वागत गर्ने क्रममा राष्ट्रपति सीले ठ्याक्कै त्यही गरेका छन् ।
अमेरिका र चीनले द्वन्द्वलाई टार्न सक्छन् भन्ने आफ्नो आशालाई जोड दिन सीले प्राचीन ग्रिसेली इतिहासकारलाई उद्धृत गर्दै थुसिडाइड्स ट्य्रापको धारणा अघि सारे । उनले इतिहास, विश्व र जताततैका मानिसहरूले चीन र अमेरिका महाशक्तिहरू बीचको प्रतिस्पर्धाभन्दा माथि उठेर प्रमुख शक्तिहरू बीचको सम्बन्धको नयाँ मोडल निर्माण गर्न सक्छन् कि सक्दैनन् भनी सोधिरहेको बताए ।









प्रतिक्रिया