राष्ट्र बैंकले दियो पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरको अन्तिम स्वीकृति

175
Shares

काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकले दुई कम्पनीलाई मर्जरका लागि अन्तिम स्वकृति दिएको हो ।

दुई कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुने गरी प्रक्रिया अघि बढाइएको थियो ।

मर्जपछि बन्ने कम्पनीमा समृद्धिका ४ र पोखराका ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने र अध्यक्ष समृद्धिबाट रहने टुंगो पनि पहिल्यै लागि सकेको छ ।