३५ दिनभित्र ऋण तिर्न राजधानी पत्रिकाको नाममा प्रभु बैंकको सूचना

9.7k
Shares

काठमाडौं । प्रभु बैंकले राजधानी दैनिक प्रकाशन गर्ने राजधानी न्युज पब्लिकेशनलाई आफ्नो ऋण कर्जा चुक्ता गर्न ३५ दिने सूचना निकालेको छ ।

बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कर्जा चुक्ता भुक्तानी हुने मितिसम्मको बैंकको सम्पूर्ण रकम बुझाउन आग्रह गर्दै सूचना निकालेको हो ।

सूचनाको बेवास्ता गरी समयावधिभित्र बैंकको रकम नबुझाएमा ऋणी, जमानतकर्ता लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गरिने जनाइएको छ ।

बैंकले धितोत्र सुरक्षणको विवरणमा ‘राजधानी न्युज पब्लिकेशन प्रालिको नाममा मालपोत कार्यालय चावहिलमा दर्ता श्रेष्ता कायम रहेको काठमाडौं जिल्ला कामनपा वडा नम्बर ७ नक्सा सिट नं. १०२१०२७०९ स्थित किता नं. ३० र ३१९ क्षेत्रफल १–१–०–० र १–०–२–१ (रोपनी)को घरजग्गा र सो घरजग्गाले चर्चेको सम्पूर्ण लिगलापात समेत’ भनि उल्लेख गरेको छ ।