
गोरखा । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले गोरखास्थित प्रसिद्ध शक्तिपीठ मनकामना मन्दिरमा पुगी विशेष ‘गोरखाली पूजा’ गरेका छन्।
गोरखा पुगेका शाहले परम्परागत विधिअनुसार पूजाअर्चना गरेका हुन्।
ऐतिहासिक रूपमा शाहवंशीय राजाहरूको कुलकी देवीका रूपमा पुजिने मनकामना माइको दर्शनका लागि उनी शनिवार बिहानै मन्दिर परिसर पुगेका थिए।
पूजाका क्रममा पूर्वराजा शाहलाई मनकामना मन्दिरका मूल पुजारी तथा स्थानीय भक्तजनहरूले स्वागत गरेका थिए।






प्रतिक्रिया