
काठमाडौं । काठमाडौंलाई पुर्वी तराई र पहाडसँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग पुनः बन्द भएको छ । लगातारको वर्षाका कारण निरन्तर अवरुद्ध हुँदै खुल्दै आएको बीपी रामार्ग सोमबार बिहान रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको डाइभर्सन बगाएपपछि अपरुद्ध भएको थियो । सोमबार बिहान बगाएको डाभर्सन निर्माण गरी सञ्चालनमा आएकोमा अपराह्न वर्षा सुरु भएसँगै पुनः बन्द भएको हो ।
प्रतिकूल मौसम र निरन्तरको अत्याधिक वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रले जनाएको छ । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा परेको ठूलो पानीले सडकमा जोखिम निम्त्याउन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले आइतबार दिउँसो ४ः१५ बजेदेखि लागू हुने गरी सडक बन्द गर्ने निर्णय गरेको हो ।
‘काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानहरूमा अत्याधिक ठूलो पानी परिरहेको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ,’ प्रहरीले जारी गरेको सूचनामा भनिएको छ ।
अहिले राजमार्गका विभिन्न खण्डमा बाढी र पहिरोको जोखिम बढेको छ । मौसममा सुधार आएपछि र सडक मार्गमा कुनै अवरोध नभएको सुनिश्चित भएपछि मात्रै यातायात सूचारु गरिने प्रहरीले जनाएको छ । सडक सूचारु भएको जानकारी जिल्ला प्रहरी कार्यालयले अर्को सूचनामार्फत दिने बताइएकाे छ ।





प्रतिक्रिया