भारतले ४ वर्षपछि थाल्यो गहुँको निर्यात

70
Shares


एजेन्सी । प्रचुर उत्पादन तथा विश्वव्यापी मूल्य र ढुवानी दरमा भएको वृद्धिका कारण एसिया र मध्यपूर्वका खरीदकर्ताहरूका लागि मुख्य खाद्यान्नको ढुवानी प्रतिस्पर्धी बनेपछि भारतीय व्यापारीहरूले चार वर्षमा पहिलोपटक गहुँ निर्यात गर्न थालेको व्यापारिक स्रोतहरूले रोयटर्सलाई बताएका छन् ।

उपभोक्ता वस्तु उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी आईटीसीले संयुक्त अरब अमिरात (यूएई) पठाउनका लागि पश्चिमी बन्दरगाह काण्डलाबाट २२ हजार मेट्रिक टन गहुँ लोड गर्न सुरु गरेको उनीहरूले बताए ।

यस वर्ष रेकर्ड उत्पादनको अपेक्षा गरिरहेको भारतले सन् २०२२ को प्रतिबन्धपछि गहुँ निर्यात गर्न अनुमति दिएको छ ।

अत्यधिक गर्मीका कारण बाली सुकेको र मौज्दात घटेपछि भारतले सन् २०२३ र २०२४ मा पनि प्रतिबन्धलाई निरन्तरता दिएको थियो जसले गर्दा आन्तरिक बजारमा मूल्य कीर्तिमानी स्तरमा पुगेको थियो । यसले गर्दा सन् २०१७ पछि पहिलोपटक भारतले गहुँ आयात गर्नुपर्ने हुनसक्ने अड्कलबाजीहरू समेत उब्जाएको थियो ।